१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल

निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न दुई अर्ब अपुग

निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न दुई अर्ब अपुग
अ अ+ अ-

काठमाडौँ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता इण्डियन आयल कर्पोरेशन (आइओसी) लाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । 

पेट्रोलियम पदार्थ खरिदबापत आइओसीलाई जनवरी २३ तारिखमा भुक्तानी गर्न रकम अभाव रहेको निगमले जनाएको छ । उक्त मितिमा आइओसीलाई भुक्तानी गर्न रु दुई अर्ब अपुग हुने स्थिति देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

निगमले यसअघि पेट्रोलियम पदार्थको बिक्रीबाट भएको घाटा न्यूनीकरण गर्दै आपूर्ति व्यवस्थालाई चुस्त राख्न बचतमा रहेको सञ्चित मुनाफा, मूल्य स्थिरीकरण कोषमा दाखिला गर्नुपर्ने दायित्व रकम, कर्मचारी आवास तथा बोनसलगायत अन्य प्रयोजनमा छुट्ट्याई राखिएको रकमबाट आइओसीलाई भुक्तानी गरेको थियो ।

निगमले कर्मचारी आवास व्यवस्थाअन्तर्गतको रु तीन अर्ब २६ करोड, कर्मचारी बोनस व्यवस्थाबापत जम्मा भएको रु एक अर्ब ४५ करोड, ह्रासकोषमा रहेको रु एक अर्ब ४२ करोड र मूल्य स्थिरिकरण कोषमा रहेको रु १५ अर्ब ३४ करोडबराबरको रकम आइओसीलाई भुक्तानी गरिसकेको छ । 

निगमसँगको सञ्चित बचत शून्यमा पुगेको अवस्थामा देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन ऋण लिनुपर्ने वा मूल्य स्थिरिकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता उपाध्यायको भनाइ छ । 

छ महिनामा निगम १९ अर्व घाटा

निगमले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा रु १९ अर्ब २६ करोड घाटा व्यहोरेको छ । जनवरी १५ मा आइओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने मासिक घाटा रु ५ अर्ब पुग्ने उहाँले बताउनुभयो । बढेको खरिद मूल्यअनुसार निगमलाई पाक्षिकरुपमा रु दुई अर्ब २४ करोड नोक्सानी रहेको छ । 

माघ १७ गतेसम्म रु २१ अर्ब ५० करोड घाटा व्यहोर्नुपर्ने निगमको प्रक्षेपण छ । मूल्य समायोजन गरिएता पनि महिनाका करिब ४ अर्ब मासिक घाटा रहेको हुँदा आगामी तीन महिनासम्मका लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न हालको खरिद मूल्यअुनसार न्यूनतम करिब रु १२ अर्ब आवश्यक पर्ने निगमको भनाइ छ । 

फेरि बढ्यो खरिद मूल्य

यसअघि केही महिना अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ओरालो लागेपनि फेरि मूल्य बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै निगमको खरिद मूल्य पनि बढेको छ । जनवरी १६ मा प्राप्त मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ १८ पैसा, डिजेलमा आठ रुपैयाँ ८१ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा रहेको छ ।

नयाँ मूल्यअनुसार निगमलाई आगामी १५ दिनमा पेट्रोलको बिक्रीबाट रु ४२ करोड ७९ लाख, डिजेलको बिक्रीबाट रु ७९ करोड ९९ लाख र एलपी ग्यासको बिक्रीबाट रु एक अर्ब १४ करोड ८६ लाख घाटा हुने निगमको आँकलन छ । 

निगमलाई मट्टितेलमा २० रुपैयाँ ५० पैसा र हवाई इन्धनमा १४ रुपैयाँ ७३ पैसा नाफा रहेको छ । मट्टितेलको बिक्रीबाट निगमलाई ५० दिनमा रु एक करोड ८७ लाख र हवाई इन्धनबाट रु ११ करोड ३७ लाख नाफा हुनेछ । मट्टितेल र हवाई इन्धनको बिक्री न्यून हुने हुँदा त्यसको बिक्रीबाट हुने नाफाले निगमको घाटा पूर्तिमा उल्लेख्य योगदान दिन सकेको छैन । 

आइओसीबाट निगमले प्रत्येक १५/१५ दिनमा डिजेल, पेट्रोल र हवाई इन्धनको नयाँ मूल्य सूची प्राप्त गर्दै आएको छ । यस्तै मट्टिटेल र एलपी ग्यासको मूल्य भने एक÷एक महिनामा आउने गर्छ । चालू आर्थिक वर्षको छ महिनाको अवधिमा निगमले आइओसीबाट १२ पटक नयाँ मूल्य प्राप्त गरेको थियो । प्राप्त मूल्यमध्ये अधिकांश बढेर आएको निगमको भनाइ छ । निगमले गत आवमा करिब रु दुई खर्ब ३२ अर्ब बराबरको पेट्रोलियम पदार्थको कारोवार गरेको थियो । भन्सार शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), सडकमर्मत सम्भार शुल्क र प्रदूषण शुल्कलगायत अन्य करबापत निगमले वार्षिक करिब रु ९८ अर्व राजस्व तिर्दै आएको छ । 

भारतमाभन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो

नेपालमा पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेको भनेर गुनासो आइरहँदा भारतको तुलनामा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ । भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिर ३८ रुपैयाँ ३ पैसा, डिजेल ३१ रुपैयाँ १२ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा तथा हवाई इन्धन (आन्तरिकतर्फ) भारतको कोलकताभन्दा नेपालतर्फ प्रतिलिर ३२ रुपैयाँ ९६ पैसा सस्तो रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभयो ।