९ भाद्र २०८३, मंगलवार
,
Latest
१५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमितको मृत्युदर कम, संक्रमणमुक्त हुनेको संख्या पनि अत्यन्तै कम



अ+ अ-

काठमाडौं । सार्क मुलुकअन्तर्गत नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम रहेको पाइएको छ । तर, संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम रहेको छ । सार्क राष्ट्रहरूमा मृत्यु हुने दरलाई नियाल्दा नेपाल पाँचौ स्थानमा रहेको छ । सबैभन्दा बढी अफगानिस्तानमा कुल संक्रमितमध्ये तीन दशमलव ७० प्रतिशतको मृत्यु भएको छ । यस्तै, पाकिस्तानमा कुल संक्रमितमध्ये २ दशमलव ०५ प्रतिशतको मृत्यु भएको छ । वल्र्डमिटरका अनुसार भारतमा एक दशमलव पाँच प्रतिशत, बंगलादेशमा एक दशमललव ४५८ प्रतिशतको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितमध्ये शून्य दशमलव ५७ प्रतिशतको मृत्यु भएको छ । यस्तै, माल्दिभ्समा संक्रमितमध्ये शून्य दशमलव ३१६ प्रतिशतको मृत्यु भएको छ । भुटानमा कोरोनाबाट हालसम्म एक जनाको पनि मृत्यु भएको छैन । तथ्यांकअनुसार भारतमा ७३ लाख ९ हजार १ सय ६४, पाकिस्तानमा ३ लाख २१ हजार २ सय १८, अफगानस्तानमा ४० हजार २६, श्रीलंकामा ५ हजार २ सय १९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, माल्दिभ्समा ११ हजार ६२, भुटानमा ३ सय १६, बंगलादेशमा ३ लाख ८४ हजार ५ सय ५९ जनामा संक्रमण देखिएको छ । यस्तै संक्रणमणमुक्त हुने दरमा नेपाल निकै पछाडि रहेको छ । सबैभन्दा धेरै पाकिस्तानमा ९५ दशमलव ०७ प्रतिशत संक्रमणमुक्त भएका छन् । यस्तै, भुटानमा ९३ दशमलव ०३ प्रतिशत, माल्दिभ्समा ८९ दशमलव ३१ प्रतिशत, भारतमा ८७ दशमलव ३३ प्रतिशत, नेपालमा शून्य दशमलव ५७ प्रतिशत र श्रीलंकामा ६४ दशमलव ७६ प्रतिशत कोरोनामुक्त भएका छन् । नेपालमा बिहीबार ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण भएको छ ।

बिहीबार ३ हजार ५ सय ६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ । बिहीबार देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । शुक्रबार थप १९ जना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा संक्रमितको मृत्यु संख्या ६ सय ९४ पुगेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार थप १ हजार ९ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६ सय ९२, ललितपुरमा १ सय ८ र भक्तपुरमा १ सय ३४ जनालाई कोरोना संक्रमण देखिएको छ । राजधानी दैनिक