२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ

नवनियुक्त अर्थमन्त्री पौडेलको पहिलो निर्णय २० अर्ब ऋण !

नवनियुक्त अर्थमन्त्री पौडेलको पहिलो निर्णय २० अर्ब ऋण !
अ अ+ अ-

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै पौडेलले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

अर्थ सचिव शिशिर ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, मन्त्रालयका महाशाखाका प्रमुख तथा अर्थ मन्त्रालय मातहतका विभागीय प्रमुखसँग उनले केहीबेर ब्रिफिङ लिएका थिए । पदभार ग्रहण गरेलगत्तै पौडेलले विश्व बैंकसँग ऋण लिन प्रक्रिया अघि बढाउनेसम्बन्धी निर्णय गरेका छन् । दुई सय मिलियन अमेरिकी डलर (करिब २० अर्ब रुपैयाँ) ऋण स्वीकार गर्ने प्रस्ताव तयार पारी मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय अर्थमन्त्री पौडेलले गरेको अर्थ सचिव ढुंगानाले जानकारी दिए । ‘यो ऋण बजेटरी सहायताअन्तर्गतको हुनेछ,’ उनले भने, ‘ऋण प्राप्त भए हाम्रा प्राथमिकताका क्षेत्रमा खर्च गर्न पाउनेछौं ।’ जसको ब्याजदर ०.७५ प्रतिशत मात्रै हुनेछ ।

‘अर्थमन्त्रीले निर्णय गरिसक्नुभएकाले अब हामीले प्रस्ताव तयार पारी मन्त्रिपरिषद्मा पठाउँछौं,’ उनले भने । दातृ निकायसँग ऋण लिने विषय नियमित भए पनि हालको अवस्थामा विशेष महत्त्व छ । विश्वव्यापी रूपमा कोभिड–१९ का कारण आर्थिक गतिविधि कम भई राजस्व संकलनमा कमी आइरहेको छ । सरकारी खर्चको चाप कम भएको छैन । खर्चको स्रोत जुटाउन आन्तरिक ऋण, वैदेशिक सहायता तथा ऋण लिने कार्यलाई सरकारले प्राथमिकता दिइरहेको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार मंगलबारसम्म चालु खर्चकै लागि राजस्वले धान्न छाडिसकेको देखिन्छ । अर्थात् मंगलबारसम्म १ खर्ब ६० अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन भएकोमा १ खर्ब ६६ अर्ब ६८ करोड ६३ लाख रुपैयाँ चालु खर्च भइसकेको छ । चालु शीर्षकका लागि केही रकम र अन्य क्षेत्रको खर्चका लागि गत वर्षको मौज्दात, आन्तरिक ऋण तर वैदेशिक सहायताको रकम उपयोग गर्नुपरेको छ । यसले बचतमा रहेको राष्ट्रिय ढुकुटीको अंश घटाउँदै लगेको अर्थका अधिकारीहरूको भनाइ छ । राजस्व उठाउन जोड दिनुका साथै सुविधाभोगी ठूलो संरचनाका सार्वजनिक निकायको खर्च कटौतीमा पौडेलले कठोरता देखाउनुपर्ने सरोकारवाला अधिकारीले सुझाएका छन् । पौडेल दोस्रो पटक अर्थमन्त्री भएका हुन् । २०७२ कात्तिकमा अर्थमन्त्री हुँदा उनले अघिल्ला अर्थमन्त्री रामशरण महतले ल्याएको बजेट कार्यान्वयन गर्नुपरेको थियो । यस पटक पनि उनले पूर्वअर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेट कार्यान्वयन गर्नुपर्नेछ । कान्तिपुर दैनिक