काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८२८ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमित निको भएका छन् । मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।