१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिलाई सही दिशामा लैजान आवश्यकः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई सही दिशामा लैजान आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा मोहनविक्रम सिंहको पुस्तक कामरेड जलजलाको विमोचन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिलाई सही दिशामा लैजानको निम्ति कम्युनिष्ट आन्दोलनलाई बचाइराख्नुपर्ने बताउनु भयो ।

उहाँले मानव जातिभित्र असल पनि र खराब पनि रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालका नेताहरुभित्र पनि असल र खराबका साथसाथै भ्रष्ट,पतित,स्वार्थी,मतलवी र देश बेच्ने प्रपञ्च रच्नेहरु पनि रहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कसरी यो देशको राजनीतिलाई सही दिशामा लिएर जाने ? यसको निम्ति कसरी कम्युनिष्ट आन्दोलनको शुरुवात गर्ने आदरणीय हाम्रा अघिल्लो पुस्ताका नेताहरु, मोहनविक्रम सिंह जस्ता योद्धाहरु जसले सबै चुनौतिहरुको सामना गर्दै आउनुभएको छ ।

अनेकौँ उत्ताचढावहरु सामना गर्नुभयो । झन्डै झन्दै कम्युनिष्ट आन्दोलनहरु सिद्धिने हो की भन्नै अवस्था भयो । विघटनको अवस्थामा पुग्ने हो की समर्पणको दिशामा जाने हो की भन्ने थियो । आँट गरेपछि पार नलाग्ने केही पनि छैन । सकारात्मक सोचका साथ लाग्नुपर्छ । तरपनि मानव जातिभित्र असल पनि छ । कमजोर पनि छ । नेताहरुभित्र असल पनि छन्, कमसल पनि छन्, भ्रष्ट पनि छन्, पतित पनि छन्, स्वार्थी पनि छन् । मतलवी पनि छन् । देश बेच्ने प्रपञ्च रच्ने, सिध्याने पनि छन् । चुनौतिको सामना गर्ने हो ।’

अध्यक्ष नेपालले समाज र जनताप्रतिको उत्तरदायित्वको बोध नेताहरुले गर्नुपर्ने बताउनु भयो ।