२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको मतगणनाको अद्यावधिक परिणाम बेवसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ ।

मतगणना परिणामबारे सहज पहुँच तथा जानकारीका लागि www.result.election.gov.np लगइन गरी ‘अपडेट’ लिन सकिने आयोगका प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

यही मङ्सिर १६ गते आइतबार नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि उपनिर्वाचन हुँदैछ ।

आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म तोकिएका केन्द्रमा मतदान हुनेछ । मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुने आयोगले जनाएको छ ।