२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर बोल्ट्सको डेकोर पार्टनरमा नेपोभिट टायल्स



अ+ अ-

काठमाडौँ, १४ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपीएल)को टोली जनकपुर बोल्ट्सले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरको रूपमा सम्झौता गरेको छ ।

शुक्रबार काठमाडौँमा एक कार्यक्रमबीच जनकपुर बोल्टस्ले नेपाल सेरामिक इण्डस्ट्रीको उत्पादन नेपोभिट टायल्ससँग डेकोर पार्टनरको रूपमा सम्झौता गरेको हो । जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र नेपोभिट टायल्सका अध्यक्ष शम्भुनाथ झाले सम्झौतापत्रमा हस्ताक्षर गर्दै पत्र आदानप्रदान गर्नुभयो ।

त्यस अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले एनपीएलको सफलताका लागि शुभकामना दिनुभयो । नेपोभिट टाईल्सका अध्यक्ष झाले नेपोभिट टायल्सलाई जनकपुर बोल्ट्ससँग जोड्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।

यस्तै, जनकपुर बोल्ट्सका निर्देशक श्रेष्ठले नेपोभिट टायल्सलाई डेकोर पार्टनरका रूपमा स्वागत गर्न पाउँदा हर्षित महसुस भएको जिकिर गर्नुभयो । पहिलो संस्करणको एनपीएल शनिबारदेखि सुरु हुँदैछ ।