२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कपः श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसीसी यू–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

नेपाललाई श्रीलंकाले २३४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो ।

श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाए भने लकविन अभेसिङ्गेले ५० रन जोडे । यस्तै, कविजा गमागेले ३७ रनको योगदान दिए ।

नेपालका सन्तोष यादवले ४, युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले १–१ विकेट लिए ।