• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

प्रधानमन्त्री कप क्रिकेटः एपीएफ क्लब फाइनलमा



काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो ।  जितका लागि २३१ रनको लक्ष्य पाएको आर्मीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै १८३ रन मात्र बनाउन सक्यो ।  

आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ३८ रनको योगदान गरे । उनले २१ बल खेल्दै एक छक्का र चार चौका प्रहार गरे । भीम सार्कीले ३५, सुमित श्रेष्ठले २४, हरि चौहानले २२, शाहव आलमले अविजित २१ तथा विक्रम शोबले १४ रन बनाए । बलिङतर्फ एपीएफका शरद् भेष्वाकरले तीन, अभिनाश बोहरा र भुवन कार्कीले दुई तथा दिपक बोहरार र किशोर महतोले एक एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले दुई विकेट गुमाएर २३० रन जोड्यो । एपीएफका लागि ओपनर आशिफ शेखले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा पाँच छक्का र १० चौकाको मद्दतमा ८४ रनको योगदान दिए । यस्तै लोकेश बमले अविजित ६६ तथा ओपनर प्रदीप ऐरीले अविजित ५७ रन बनाए । 

बलिङतर्फ आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले एक–एक विकेट लिए । फाइनल खेल एपीएफले नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिसले आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा बागमतीलाई हराउँदै फाइनलमा स्थान बनाएको हो