१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल

सर्वोच्च अदालतको काममा संकुचन, सर्वोच्चले दिँदै आएको सेवा कटौती (भिडियो सहित)

सर्वोच्च अदालतको काममा संकुचन, सर्वोच्चले दिँदै आएको सेवा कटौती (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणको जोखिम बढेकोे भन्दै सर्वोच्च अदालतले दिदै आएको सेवा कटौतीे गरेको छ ।  

मंगलबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणको जोखिम न्यूनीकरण गर्न अदालतले दिदै आएको सेवाहरुमा कटौतीे गरेको हो । आज बसेको बैठकले ६ प्रकारका मात्रै सेवा दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताउनु भयो । उहाँले सर्वोच्चको फुलकोर्टको बैठकले अन्य नियमित सेवा दुई हप्ता अर्थात माघ १८ गतेसम्म संकुचन गर्ने निर्णय गरेको जानकारी दिनु भयो ।

प्रवक्ता दाहालले सर्वोच्चका न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जना र देशभरका अदालतमा गरी सय जना भन्दा बढीमा कोरोना संक्रमण देखिएको बताउनु भयो । उहाँले सर्वोच्च अदालतले भोलीबाट बन्दीप्रत्यक्षीकरण तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरुको नियमित सुनुवाइ गर्ने निर्णय भएको बताउनु भयो । बैठकले मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, फौजदारी मुद्दाका थुनुवाका निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ, हेर्दाहेर्दै र निर्णय सुनाउन बाँकि रहेका मुद्दाको सुनुवाइ लगायतका काम मात्र नियमित गर्ने निर्णय भएको प्रवक्ता दाहालले जानकारी दिनु भयो ।

प्रवक्ता दाहालले भन्नुभयो, ‘कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोन लगायतका विभिन्न भेरियन्टका कारण उत्पन्न विषम् परिस्थितिले सर्वोच्च अदालतमा एक जना न्यायाधीश सहित ३१ जना र नेपालभरका अदालतमा एक सय भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ । यसले अदालतको काममा पार्ने प्रभावको सन्र्दभमा यस्तो परिस्थितिमा अदालतको काम कारबाहीहरु सुरक्षा मापदण्ड अपनाएर सेवा सञ्चालन गर्ने वा सेवा संकुचन गर्ने विषयमा प्रधानन्यायाधीशद्वारा अदालतको पूर्ण बैंठक आहवान भएको थियो । आज अदालतको पूर्ण बैंठक सम्पन्न भएको छ । बैठकले विशेषत ६ वटा विषयमा निर्णय गरेको छ । बैंकठले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक मह्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरुको नियमित रुपमा सुनुवाई गर्ने निर्णय भएको छ।

त्यस्तै मुद्धा र्फिता,तामेल एवम् मिलापत्रसम्बन्धी कामकारबाही नियमित रुपमा सञ्चान गर्ने , मुलुकी फौजदारी कार्यविधि संहिता,२०६४ को दफा ७३,१३७९६० र १५५ बमोजिमका थुनुवा रहेका व्यक्तिहरुको निवेदन तथा प्रतिवेदन उपर सुनुवाई गर्ने, थुनामा भएका सबै मुद्धाको सुनुवाई गर्ने ,हेर्दा हेर्दै र नि।सु।मा रहेका मुद्धा सुनुवाइ गर्ने , नेपाल सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाई गर्ने निर्णय भएको छ । त्यसका साथै अदालतमा अनावश्यक भीडभाड हुन नदिन, सेवाग्राहीलाई सुरक्षाको मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न सर्वोच्च प्रशासनलाई निर्देशन दिने,अदालतका कर्मचारीहरुलाई आलोपालो गरेर काम गर्न लगाउने तथा वर्कर्फम होमबाट गर्न सक्ने काम घरबाट गर्न दिने बैठकले निर्णय गरेको छ । उच्च अदालत,जिल्ला अदालत र मादहतका न्यायाधिरकणको हकमा स्थानीय स्थिति अनुसार निर्णय लिन सक्ने गरी सेवा न्यनिकरण गर्ने विषयमा निर्णय भएको छ ।’  

प्रवक्ता दाहालले अदालतमा अनावश्यक भीडभाड हुन नदिन, सेवाग्राहीलाई सुरक्षाको मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न सर्वोच्च प्रशासन र मातहतका अदालतलाई निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले अदालतका कर्मचारीहरुलाई आलोपालो गरेर काम गर्न लगाउने तथा घरबाट नै ९वर्कफर्म होम० काम गर्न सक्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको बताउनुभयो । उच्च अदालत,जिल्ला अदालत र मातहतका न्यायाधीकरणको हकमा स्थानीय स्थिति अनुसार निर्णय लिन सक्ने गरी सेवा न्यूनीकरण गर्ने विषयमा निर्णय भएको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।