३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको मेगा अक्सनबाट बेन स्टोक्सले किन लिए नाम फिर्ता ?



अ+ अ-

एजेन्सी । इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सले जेद्दाहमा हालै सम्पन्न आईपीएल २०२५ मेगा लिलामीबाट आफ्नो नाम फिर्ता लिनुको कारण दिएका छन् ।

आईपीएल २०२५ को लागि मेगा लिलामी २४ र २५ नोभेम्बरमा साउदी अरेबियाको जेद्दाहमा आयोजित गरिएको थियो ।

आईपीएलको नयाँ नियम र गाइडलाइन्स अनुसार ३३ वर्षीय स्टोक्सले आफ्नो नाम लिलामीमा दर्ता गरेमा उनी आगामी दुई वर्षसम्म आईपीएलमा हिस्सा हुनुपर्छ ।

तर, इङ्ल्यान्डका लागि सकेसम्म खेल्ने आफ्नो लक्ष्य रहेकोले आईपीएल नखेल्नेमा आफू चिन्तित नभएको इङ्ल्यान्डका अलराउन्डरले बताए ।

न्यूजिल्याण्डविरुद्धको पहिलो टेस्ट अघि स्टोक्सले आफू करियरको अन्तिम चरणमा रहेको र सकेसम्म इंग्ल्याण्डको जर्सी लगाउन चाहेको बताएका थिए । जसका कारण उनले आईपीएलको मेगा अक्सनबाट आफ्नो नाम फिर्ता लिएका हुन् ।

बीबीसी टेस्ट म्याच स्पेशलसँगको कुराकानीमा स्टोक्सले भने, ‘धेरै क्रिकेट भइरहेको छ । म मेरो करियरको अन्तिम चरणमा छु भन्ने कुरा लुकाउनुपर्ने कुरा छैन । म निश्चित रूपमा लामो समयसम्म खेल्न चाहन्छु । मैले आफ्नो शरीरमा बढी ध्यान दिनुपर्छ । मैले कहिले र कहाँ खेल्ने भन्ने कुरालाई प्राथमिकता दिनुपर्छ ।’