१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताको बैठक



फाइल फोटो
अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक बसेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टीको शीर्ष नेताहरूको बैठक बसेको हो ।

बैठकमा सभापति देउवासहित बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्क र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतलगायत शीर्ष नेता सहभागी थिए ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, चिनियाँ परियोजना बीआरआईलगायतको विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नजिकिँदै गर्दा कांग्रेसले पार्टीभित्र पनि बीआरआईको विषयमा छलफल चलाइरहेको छ ।

कांग्रेसले बीआरआई अन्तर्गत ऋण स्वीकार नगर्ने, अनुदान भएमात्रै लिने अडान लिँदै आएको छ ।