१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल

गुण एयरलाइन्सको जहाजबारे छानबिन गर्न कार्यदल गठन

गुण एयरलाइन्सको जहाजबारे छानबिन गर्न कार्यदल गठन
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कार्यदल गठन गरेको छ ।

मन्त्रालयले वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा चार सदस्यीय छानबिन कार्यदल गठन गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डेले जानकारी दिनुभयो । 

कार्यदलको सदस्यमा पर्यटन मन्त्रालयका इलेक्ट्रोनिक इन्जिनियर नसिव आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका क्याबिन क्रु निरीक्षक सावित्री श्रेष्ठ राई सदस्य तथा प्राधिकरणकै एरोनोटिकल इन्जिनियर रितेशराज पन्त सदस्यसचिव रहनुभएको छ । घटनाको सत्यतथ्य पत्ता लगाई भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन चाल्नुपर्ने कदमका सम्बन्धमा सुझावसहित तीन दिनभित्रमा प्रतिवेदन पेश गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ ।

यही माघ २ गते काठमाडौँबाट पोखरा उडानमा रहेको गुण एयरलाइन्सको वायुयानमा प्राविधिक गडबडी भई आकाशमै ढोका खुलेको समाचार आएको थियो ।