६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ



अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ लिनुभएको छ ।

मंगलवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् । श्रेष्ठलाई सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

शपथ ग्रहण गर्दै श्रेष्ठले आफ्नो ज्ञान र विवेकले भ्याएसम्म इमान र कर्तव्यमा रही बफादार भएर काम गर्ने बताउनु भयो । उहाँले नेपाली पुँजीबजारमार्फत मुलुकको अर्थतन्त्र योगदान पुग्ने गरी लगानीकर्ताको हितमा काम गर्ने बताउनु भयो । उहाँले बोर्डमा चुनौतीहरु धेरै ठूला रहेको भन्दै चुनौतीहरुलाई अवसरको रुपमा लिँदै नेपाली पुँजीबजारलाई नयाँ उचाईमा पु¥याउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले चुनौतीहरुलाई प्राथमिकता दिएर काम गर्ने बताउनु भयो । उहाँले पुँजीबजार बिस्तार गर्न अवसरहरु धेरै रहेको भन्दै नेपाली पुँजीबजारलाई पूर्णरुपमा सदुपयोग नभएको बताउनु भयो । उहाँले पुँजीबजारको दायरा बढाउन सकिने अवस्था रहेको भन्दै पुँजीबजारको सिद्धान्त बमोजिम मुलुकको हितमा काम गर्ने बताउनु भयो ।

त्यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखि नियुक्त हुन नसकेको बोर्ड अध्यक्षमा खुला प्रतिष्पर्धाको माध्यमबाट अध्यक्ष छनोट गरेको बताउनु भयो । उहाँले अध्यक्षबाट नेपाली पुँजीबजारको क्षेत्रमा रहेका समस्याहरुलाई संस्थागत रुपमा समाधान गर्ने अपेक्षा रहेको बताउनु भयो ।

उहाँले अध्यक्षले पुँजीबजारको व्यवस्थित विकासको लागि बोर्डले गतिशिल भएर काम गर्ने बताउनु भयो । उहाँले बाहिर आएका हल्लालाई चिर्नको लागि राम्रो काम गर्न निर्देशन दिनुभयो ।

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा सन्तोषनारायणसहित, मुक्तिनाथ श्रेष्ठ र डा। नवराज अधिकारीको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो । सोमवारको मन्त्रीपरिषद् बैठकले सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको हो ।




भर्खरै