२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ



अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ लिनुभएको छ ।

मंगलवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् । श्रेष्ठलाई सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

शपथ ग्रहण गर्दै श्रेष्ठले आफ्नो ज्ञान र विवेकले भ्याएसम्म इमान र कर्तव्यमा रही बफादार भएर काम गर्ने बताउनु भयो । उहाँले नेपाली पुँजीबजारमार्फत मुलुकको अर्थतन्त्र योगदान पुग्ने गरी लगानीकर्ताको हितमा काम गर्ने बताउनु भयो । उहाँले बोर्डमा चुनौतीहरु धेरै ठूला रहेको भन्दै चुनौतीहरुलाई अवसरको रुपमा लिँदै नेपाली पुँजीबजारलाई नयाँ उचाईमा पु¥याउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले चुनौतीहरुलाई प्राथमिकता दिएर काम गर्ने बताउनु भयो । उहाँले पुँजीबजार बिस्तार गर्न अवसरहरु धेरै रहेको भन्दै नेपाली पुँजीबजारलाई पूर्णरुपमा सदुपयोग नभएको बताउनु भयो । उहाँले पुँजीबजारको दायरा बढाउन सकिने अवस्था रहेको भन्दै पुँजीबजारको सिद्धान्त बमोजिम मुलुकको हितमा काम गर्ने बताउनु भयो ।

त्यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखि नियुक्त हुन नसकेको बोर्ड अध्यक्षमा खुला प्रतिष्पर्धाको माध्यमबाट अध्यक्ष छनोट गरेको बताउनु भयो । उहाँले अध्यक्षबाट नेपाली पुँजीबजारको क्षेत्रमा रहेका समस्याहरुलाई संस्थागत रुपमा समाधान गर्ने अपेक्षा रहेको बताउनु भयो ।

उहाँले अध्यक्षले पुँजीबजारको व्यवस्थित विकासको लागि बोर्डले गतिशिल भएर काम गर्ने बताउनु भयो । उहाँले बाहिर आएका हल्लालाई चिर्नको लागि राम्रो काम गर्न निर्देशन दिनुभयो ।

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा सन्तोषनारायणसहित, मुक्तिनाथ श्रेष्ठ र डा। नवराज अधिकारीको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो । सोमवारको मन्त्रीपरिषद् बैठकले सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको हो ।