५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१९ एशिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौं– प्रशिक्षक शक्ति गौचन



अ+ अ-

काठमाडौँ । नेपाली यु–१९ पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक शक्ति गौचनले आगामी यु–१९ एसिया कपमा उत्कृष्ट नतिजा दिन आफ्नो टोली तयार रहेको बताउनुभएको छ ।

नेपालले संयुक्त अरब इमिरेट्स(युएई)मा आगामी मंसिर १४ गतेदेखि २३ गतेसम्म एशिया कप हुँदैछ । उक्त एशिया कपका लागि मंगलवार भएको बिदाइ कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक गौचनले धेरै क्षमतावान युवा खेलाडी रहेकाले नेपाली युवा टोलीको छनोट गर्न नै कठिन रहेको उल्लेख गर्दै आफ्नो टोली एसिया कपमा उत्कृष्ट नतिजा दिन तयार रहेको बताउनु भयो । साथै प्रशिक्षक गौचनले भारतको कर्नाटकको टोलीसँगको मैत्रीपूर्ण खेल आफ्नो टोलीको लागि महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो ।

नेपाली यु–१९ पुरुष क्रिकेट टोलीका कप्तान हेमन्त धामीले पनि भारतीय टोलीसँग भएको अभ्यास खेल उपयोगी रहेकाले त्यसका लागि क्यानलाई धन्यवाद दिनुभयो ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै एसिसी यु–१९ एशिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का र सदस्य दिवाकर घलेलगायतले टोलीलाई बिदाइ गरेका थिए ।

राखेप सदस्यसचिव घिसिङले नेपाली क्रिकेट टोलीले लगातार प्राप्त गरेको उचाइसँगै युवा टोलीबाट पनि सबैले अपेक्षा राखेको उल्लेख गर्दै छोटो समयको तयारीमा क्यानले व्यवस्थापन गरेको क्याम्प महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले उमेरसमूहको क्रिकेटमा राखेपले पनि बजेट दिने गरेको भएपनि त्यो पर्याप्त नरहेकाले नीजि क्षेत्रको सहयोग तारिफयोग्य रहेको धारणा राख्नुभयो । सिनियर राष्ट्रिय टोली निर्माणका लागि उमेरसमूहको क्रिकेट महत्वपूर्ण रहेको राखेप सदस्यसचिव घिसिङको भनाइ थियो ।

क्यानका सचिव पारस खड्काले आगामी यु–१९ विश्वकपमा छनोट हुनका लागि एशिया कप महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले नेपाली क्रिकेटको भविष्य पनि युवा टोलीसँग जोडिएकाले बिना दबाब खेल्न सुझाव दिनुभयो । पूर्वकप्तान खड्काले आफ्नो क्षमतालाई तिखारेर राम्रो प्रदर्शन गर्ने विश्वास गर्नुभयो ।

एशिया कपमा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले मंसिर १४ मा श्रीलंका, १६ मा बंगलादेश र १८ मा अफगानिस्ताको सामना गर्नेछ । क्यानले शक्ति गौचनलाई मुख्य र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

हेमन्तको कप्तानीमा रहेको नेपाली टोलीमा आकाश त्रिपाठी, उत्तम थापामगर, मायन यादव, नरेन साउद, अर्जुन कुमाल (उपकप्तान), युनिशव्रिकम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी, रञ्जित कुमार छन् ।