• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

विदेशबाट आएका व्यक्तिलाई बीचैबाट अपहरण, तीन पक्राउ



सांकेतिक तस्बिर

काठमाडौं । विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अपहरण गरी बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका–८ जरङ्खुका ३२ वर्षीय सञ्जोग राई, सोही ठाउँका रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भई हाल काठमाडौँ १६ वसन्तपुर बस्ने ३१ वर्षीय गोकुल घिमिरे रहेका छन् । 

उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले आज एक सूचना जारी गरी जनाएको छ । सिरहाका ३० वर्षीय रामेश्वर राम दुबइबाट नेपाल फर्कने क्रममा विमानस्थलबाट बल्खुस्थित होटल कञ्चनजञ्घामा गई बसेका बेला अपरिचित व्यक्तिले अपहरण गरी लगेका थिए । 

उनीहरुले काठमाडौँ महानगरपालिका २७ ज्याठास्थित होटल प्लेजर होमको कोठामा बन्धक बनाई राखेकामा त्यहाँबाट भाग्न सफल भएपछि रामले प्रहरीमा उजुरी दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार उनीहरुले पीडितलाई कुटपिट गरी चुरोटको ठुटाले पोलेर ज्यान मार्ने धम्की दिँदै यातनासमेत दिएका थिए । उनीहरुले रामको  झोला र मोबाइलसमेत लगेका थिए । सोही उजुरीको आधारमा लामो अनुसन्धानपछि अपहरण गर्ने व्यक्तिको पहिचान गरी पक्राउ गरिएको परिसरले जनाएको छ ।