• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा

प्रदेश नं १ को नाम हिउँदे अधिवेशनबाट टुङ्गो लगाइनेः मुख्यमन्त्री राई



फाईल फोटो

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुङ्गो लगाउने  बताउनुभएको छ । 

मुख्यमन्त्रीको कार्यालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “प्रदेशको नाम प्रदेशसभाले नै टुङ्गो लगाउँछ ।” मुख्यमन्त्री राईले आफूहरू सरकारमा आएपछि सभाको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उहाँले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने  प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

उहाँले यही माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेशको नाम टुङ्गो लगाउनेतर्फ आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो ।