१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने भएको छ । कात्तिक २ गते सहकारी ठगीमा काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्‍याइएका उनलाई बयानका लागि काठमाडौँ ल्याइने भएको हो ।

हिजो (आइतबार) मात्रै लामिछानेलाई हिरासतमा राख्न थप १५ दिनको म्याद थपिएको थियो । हाल उनीविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।

सङ्गठित अपराधमा ६० दिनभन्दा बढी हिरासतमा राख्न पाइँदैन तर सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भएकाले ९० दिनसम्म राख्न पाइने भएकाले म्याद थप भएको हो ।

पोखराको सूर्यदर्शन सहकारीसँगै रुपन्देहीको सुप्रिम सहकारीको रकम हिनामिनामा पनि लामिछानेको संलग्नता भएको भन्दै उनलाई रुपन्देही पुर्‍याएर ३० घण्टासम्म बयान गरिएको थियो ।

त्यस्तै, जिल्ला अदालत काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएकाले उनलाई काठमाडौं ल्याइने भएको हो ।