१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन । सेमिफाइल खेलमा एपीएफले अर्को विभागिए टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो भने नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएका हुन् । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले उत्कृष्ट ब्याटिङको नमूना प्रस्तुत गर्दै २ विकेटको क्षतिमा २३० रन बनायो । एपीएफका लागि प्रदीप ऐरी र आशिफ शेखको जोडीले ओपनिङ गरेको थियो । यो जोडीले पहिलो विकेटका लागि १५० रनको सानदार साझेदारी गरेको थियो । आक्रामक ब्याटिङ गरेका आशिफ ८४ रन बनाएर पभेलियन फर्किए । उनले ४३ बलमा ५ छक्का तथा १० चौका प्रहार गरेका थिए । 

यसैगरी टिमको स्कोर १६२ रन हुँदा एपीएफका कप्तान शरद भेषावकर दोस्रो विकेटको रुपमा आउट भएका थिए । त्यसपछि क्रिजमा आएका लोकेश बमले पनि उत्कृष्ट पारि खेले । १८ बल खेलेका लोकशले ६५ रनको नटआउट पारि खेलेपछि एपीएफको स्कोर २३० रन पुगेको थियो ।लोकेशले ९ छक्का र २ चौका प्रहार गरेका थिए । 

यसैगरी ओपनिङ आएका ऐरी ५७ रनको नटआउट पारि खेले । उनले ५३ बल फेस गर्दा १ छक्का र ७ चौका प्रहार गरे ।  सुमित  श्रेष्ठ र जितेन्द्र मुखियाले एक एक विकेट लिए । जवाफमा आर्मी क्लव २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ८३ रनमा रोकियो । राम्रो सुरुवात गरेपछि उसका मध्येक्रमका खेलाडी सस्तैमा आउट हुँदा हार्न पुग्यो । 

यस्तै आज भएको पहिलो खेलमा पुलिसको दिएको १५६ रनको लक्ष्य पच्छ्याएको बागमती प्रदेश ८ विकेट गुमाएर १०५ रनमा रोकिए पछि पुलिस ५० रनले विजयी भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५५ रन बनायो । पुलिसका लागि पवन शर्राफले अर्धशतकीय पारि खेले । 

उनले ५४ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५९ रन बनाएका थिए । ओपनिङ आएका शंकर राना ८ रन बनाएर आउट हुँदा पुलिसले २७ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी खाता नै नखोली आउट हुन पुगे । २७ रनमै दोस्रो विकेट गुमाएको पुलिसको पारिलाई पवन र अनिल साहले अघि बढाएका थिए । तेस्रो विकेटको रुपमा अनिल आउट हुँदा पुलिसको स्कोर १०५ रन भएको थियो । १५.१ ओभरमा अनिल व्यक्तिगत २५ रन बनाएर पभेलियन फर्किएका थिए ।