१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिप्टोमा लगानी गर्ने दुई जना विरुद्ध ९ करोड बिगो सहित मुद्दा दायर



अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले अमेरिकी डलरको अनलाइनमार्फत अवैधरुपमा कारोबार गरेको कसुरमा दुई जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । 

विभागले मोरङ जिल्ला रतुवामाई नगरपालिका– ७ बस्ने २८ वर्षीय पुस्कर श्रेष्ठ र सोही ठाउँ बस्ने २३ वर्षीया बिनिता लिम्बुविरुद्ध विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर कार्यमा संलग्न रहेको भन्दै मुद्दा दायर गरेको हो । 

विभागका अनुसार निजहरुले विभिन्न बैंकका बैंक स्टेटमेन्टहरु, वरामद गरिएको मोबाइलमा प्राप्त डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट श्रेष्ठ र लिम्बुले सामूहिकरुपमा मिलिमतो गरी मोबाइल एप्स 1xbet, Binance, Adv Cash, Coinbase, Paxfull प्रयोग गरी अमेरिकी डलरको अवैध कारोबार गरेका थिए । 

अमेरिकी डलर सटही तथा क्रिप्टोमा लगानीकर्ताका रुपमा रही कार्य गरी प्रतिवादी पुस्कर श्रेष्ठले विभिन्न बैंकबाट रु. सात करोड ५७ लाख ७१ हजार ९५८ तथा बिनिता लिम्बुले एनआईसिएशिया बाट रु. दुई करोड १६ लाख ९८ हजार समेत जम्मा रु. ९,७४,६९,९८३ विदेशी विनिमय कसुर गरेको पुष्टि भएको भन्दै विभागले विदेशी विनिमय (नियमित  गर्ने) ऐन, २०१९ बमोजिम बिगो जफत गरी सजाय गर्न र तीन वर्षसम्मको कैद सजाय गर्न मागदावी गरेको छ ।