५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलको ट्रफीमाथि राखिएको ढुंगा किन विशेष छ ?



अ+ अ-

काठमाडौँ । पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गरिएको छ ।

धरहरा परिसरबाट नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएलको ट्रफी अनावरण गरेका हुन् ।

यसैबीच, ट्रफीमा राखिएको एक वस्तु अहिले चर्चाको विषय बनेको छ । सार्वजनिक ट्रफीको सबैभन्दा माथि एउटा ढुंगा रहेको छ । यही ढुंगा सामाजिक सञ्जालमा अहिले चर्चाको विषय बनेको हो ।

ट्रफीमा राखिएको ढुंगा सगरमाथा क्षेत्रस्थित कालापत्थरको रहेको क्यानले जनाएको छ । क्यानका सचिव पारस खड्काले नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्न ट्रफीमा ढुंगा राखिएको बताए । यो ट्रफीले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उनको भनाई छ ।

उनले भने– ‘सगरमाथाको काखमा रहेको कालापत्थरबाट ल्याइएको ढुंगा यस ट्रफीको मुख्य आर्कषणको रूपमा रहेको छ । एनपिएलको ट्रफीले नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटनमा सहयोग पुर्‍याउने आशा राखेका छौँ । यसले हाम्रो प्राकृतिक सम्पदाको संरक्षण गर्न झकझक्याउनेछ ।’

निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थर क्षेत्रबाट उक्त ढुंगा ल्याएका हुन् । उक्त पत्थर ल्याउन सहयोग गरेकामा यी दुई पर्वतारोहीलाई क्यानले सम्मान पनि गरेको छ ।

एनपिएल यही मंसिर १५ गतेदेखि आयोजना हुँदैछ ।