२ भाद्र २०८३, मंगलवार
,
Latest
प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमा कोभिड १९ सङक्रमितको संख्या करिब चार करोड



अ+ अ-

काठमाडौं । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले सोमबार दिएको पछिल्लो अपडेटमा जनाएको छ । यद्यपी विश्वका केही अन्तर्राष्ट्रिय सञ्चार माध्यम कोरोना भाइरस सङ्क्रमितको चार करोड नाघेको जनाएको छ । 

उक्त विश्वविद्यालयका अनुसार विश्वभरी तीन करोड ९९ लाख ६७ हजार ७३६ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख १३ हजार ३५२ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ । 

यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये करिब ३ करोड व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८१ लाख ५० हजार भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् । 

 कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख १९ हजार ६७४ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् । 

कोरोना  भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७५ लाख ५० हजार २७३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । कोरोना सङ्क्रमणबाट १ लाख १४ हजार ६१० जनाको मृत्यु भएको छ । विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६६ लाख ६३ हजार ६०८ व्यक्तिलाई कोरोना भाइरस निको भएको छ ।

ब्राजिलमा ५२ लाख २४ हजार ३६२ व्यक्ति कोरोना सङ्क्रमित रहेका भने एक लाख ५३ हजार ६७५ जनाको मृत्यु भएको छ । चौथो स्थानमा रहेको रुसमा १४ लाख ६ हजार ५०४ जना सङ्क्रमित रहेका भने २४ हजार २१२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई  ‘विश्व महामारी’को घोषणा गरेको थियो ।