२० भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा फेला



अ+ अ-

काठमाडौँ । राजधानीको सिनामंगलस्थित एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा भेटिएका छन् ।

होटल जन्मभूमिको एउटै कोठामा एक युवक र युवती मृत भेटिएका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धान गर्दै उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरी जनाएको छ ।

मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका अन्दाजी २५ वर्ष उमेरका रमेश माझी र सोही उमेरकी नाम नखुलेकी युवती रहेको प्रहरीले जनाएको छ ।

उनीहरू शनिबार साँझ ६ बजे उक्त होटलमा पुगेको बताइएको छ । चौथो तलाको कोठा नम्बर १२० मा बसेका उनीहरू आइतबार बिहान मृत फेला परेका हुन् ।

उनीहरूले बरण्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुवै घाँटीमा पासो लगाएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।