७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको जागरणसभामा जे देखियो…



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जागरणसभामा पार्टीका कार्यकर्ताको मुहारमा उत्साह र जोश देखिन्थ्यो ।

पार्टीका नेता तथा कार्यकर्ताले एउटा हातमा नेपालको झण्डा, अर्को हातमा एमाले पार्टीको झण्डा लिएर बेलाबेला उत्साहित भएर फहराइरहेको दृश्य देखिन्थ्यो । त्यही सभामा एउटा ठूलो बोराभरि भुटेको मकै थियो । सभामा उपस्थित नेता, कार्यकताले पालैपालो निकाल्दै एक–एक मुठ्ठी खाँदै थिए ।

एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका कलाकारले बीचबीचमा सभालाई उत्साह भर्न गीत गाएपछि झन् उत्साहित भएर झण्डाहरू फहराउँदै नाचेको दृश्य देखिन्थ्यो ।

राष्ट्रिय जनसांस्कृति महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले लेख्नुभएको गीतलाई कलाकार अमृत खातीले गाउनुभएको थियो । गीतमा भनिएको थियो, ‘लागौँ सबै विकासको बाटोमा, मोती फल्छ नेपाली माटोमा ।’ कलाकार खातीकै स्वरमा अर्को गीत ‘अँध्यारोमा बलेको टुकी, एमालेको जनताको ढुकढुकी ।’

अर्का कलाकार भीमसेन खतिवडाको स्वरमा प्रस्तुत भएको गीतमा शब्दहरूमा यस्तो थियो, ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्यो जुटौँ साथी हो ।’ त्यस्तै कलाकार खतिवडाको स्वरमा अर्को गीत ‘राम्रो नि नेकपा (एमाले) लाल सूर्य झलल्, जनता ताती लौ एमालेमाथि मिसियो सलल् ।’

कलाकार रामप्रसाद अवस्थीको स्वरमा सुनिएको थियो, ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी फिर्ता ल्याउनुछ, भन्नुहुन्छ बाबा र आमाले देश बनाउने पार्टी हो एमाले ।’ अर्का कलाकार वैकुण्ठ महतको स्वरमा घन्किएको थियो, ‘हाम्रो नेपाल, हाम्रै एमाले’ जनसांस्कृति महासङ्घका कलाकारहरूले पालोपालो सभालाई मनोरञ्जन तथा उत्साह भरेका थिए ।

कलाकारसँगसँगै सभाका उपस्थित सबै नेता तथा कार्यकर्ताले झण्डा फहराउँदै एकै स्वरमा गाउँदै थिए, ‘पूर्वको माया पश्चिमलाई, पश्चिमको माया पूर्वलाई।।।’ यस्तैयस्तै धेरै गीत कलाकारले गाएका थिए । जसले जागरणसभालाई थप ऊर्जा दिएको थियो ।

सभामा नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको उपस्थित भएपछि निकैबेर नेपालको र एमाले पार्टीको झण्डा फहराएर पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । उहाँले सभालाई सम्बोधन गर्न थालेपछि सहभागीहरूको मुहारमा छुट्टै चमक देखिन्थ्यो ।

“समाजमा अराजकता मच्चाउने, सामाजिक सद्भाव र विद्वेष फैलाउने काम भइरहेको छ, तपाईँहरू भ्रममा नपर्नुस्”, सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, “यो सरकार मुलुकमा सुशासन, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न बनेको हो ।”