१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव

खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव
अ अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले गत असोजमा परेको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण क्षति भएका देशभरिका खानेपानी आयोजनाको मर्मतकार्यलाई छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

गत असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरिका खानेपानी प्रणालीमा गम्भीर प्रभाव परेको र क्षति पुर्याएका खानेपानी तथा पानी आपूर्ति बन्द भएका ठाउँमा हाललाई अस्थायी रूपमा भए पनि मर्मत एवं पुनर्निर्माण गरेर जनतालाई नियमित रूपमा पानी आपूर्ति गर्न मन्त्री यादवले निर्देशन दिनुभएको हो ।

मन्त्री यादवले भन्नुभयो, “गत असोज ११ गतेदेखिको बाढीपहिरोले हाम्रा खानेपानीका आयोजनामा ठूलो क्षति गरेको छ, कतिपय ठाउँमा अहिलेसम्म पानी सञ्चालन गर्न सकिएको छैन, हाललाई अस्थायी रूपमा भए पनि आवश्यक प्राविधिक सहायता र स्रोत साधन तुरुन्त परिचालन गरी पानी आपूर्ति सहज गर्नुहोला ।”

यसैगरी मन्त्री यादवले बाढीपहिरोले क्षति गरेका खानेपानीका आयोजनाको पुनर्निर्माणलगायत कामका लागि आवश्यक पर्ने बजेटको व्यवस्थाका लागि आफूले पहल गरिरहेकाले हाललाई पानी आपूर्ति सहज गराउनतर्फ सबै क्षेत्रबाट लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बाढीले क्षति गरेका खानेपानीका आयोजना पुनर्निर्माणलगायत कामका लागि बजेटको व्यवस्था गर्दैछौँ, तपाईँहरू आवश्यक प्राविधिक सहायता र स्रोत साधन परिचालन गरी काम अगाडि बढाउनुहोला ।”

बाढीपहिरोले देशभरिमा एक हजार छ सयभन्दा बढी खानेपानी आयोजनामा क्षति पुगेको खानेपानी मन्त्रालयले जनाएको छ । बाढीपहिरोले रु छ अर्बभन्दा बढी क्षति भएको तथा एक हजार छ सय १६ आयोजनामा क्षति पुगेको एवं कम्तीमा पनि २५ लाख जनसङ्ख्यालाई प्रत्यक्ष रूपमा असर पारेको मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सिडीइ)वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरका ५८ जिल्लाका पाँच लाख घरपरिवार बढीपहिरोले प्रभावित भएका छन् ।

काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, उदयपुर, सुनसरीलगायत जिल्लामा सबैभन्दा बढी खानेपानीका आयोजनामा क्षति पुगेको मन्त्रालयले जनाएको छ । उक्त अबिरल वर्षासँगैको बाढीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को सुन्दरीघाटस्थित इलेक्ट्रोमेकानिकल शाखामा क्षति भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार बाढीले केयुकेएलको रु एक अर्ब क्षति भएको छ । यसैगरी काभ्रेको तेमाल खानेपानी आयोजनामा रु १० करोड क्षति भएको छ । बाढीपहिराले देशभरका विभिन्न खानेपानी आयोजनाका इन्टेक, सम्पबेल, पाइप लाइन, पानी ट्याङ्की, प्रशोधन प्लान्टमा क्षति पुगेको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले बताउनुभयो ।