३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रश्मिका मन्दानाको इन्गेजमेन्टको पुरानो भिडियो भाइरल



अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री रश्मिका मन्दानाको एउटा पुरानो भिडियो हालै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भाइरल भिडियोमा रश्मिका इन्गेजमेन्ट भएको देखिएकी छिन् । वास्तवमा यो भिडियो ८ वर्ष पुरानो हो । यस भिडियोमा उनी अभिनेता रक्षित शेट्टीसँग इन्गेजमेन्ट गरेको देखिएकी छिन् ।

इन्गेजमेन्टपछि दुवैजना आ–आफ्ना औंठी लगाएका देखिन्छन् ।

रश्मिकाले सन् २०१६ मा रक्षित शेट्टीको अपोजिट कन्नड फिल्म ‘किरिक पार्टी’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । दुवैले फिल्मको सुटिङका ​​क्रममा डेटिङ सुरु गरेका थिए र ३ जुलाई २०१७ मा इन्गेजमेन्ट गरेका थिए ।

इन्गेजमेन्टका बेला रश्मिका २१ वर्षकी थिइन् भने रक्षित शेट्टी ३४ वर्षको थिए । दुवैको उमेरमा करिब १३ वर्षको अन्तर थियो ।

रश्मिका र रक्षितको सम्बन्ध लामो समय टिक्न सकेन । एक वर्षको इन्गेजमेन्टपछि सेप्टेम्बर २०१८ मा उनीहरुको इन्गेजमेन्ट टुट्यो । उनीहरु दुबैले आफ्नो सम्बन्ध बिग्रनुको कारणबारे कहिल्यै केही बताएनन् ।

रश्मिका र रक्षितको सम्बन्ध टुट्यो तर दुवै एकअर्काको सम्पर्कमा छन् । इन्डियन एक्सप्रेससँगको कुराकानीमा रक्षितले भनेका थिए, ‘म र रश्मिका कहिलेकाहीँ एकअर्कालाई म्यासेज गछौंँ । हाम्रा कुनै पनि फिल्म रिलिज हुँदा हामी एकअर्कालाई शुभकामना दिन्छौं ।’

रश्मिकाको कामको कुरा गर्दा उनको फिल्म ‘पुष्पा २ः द रुल’ आगामी डिसेम्बर ५ मा हलमा रिलिज हुँदैछ । यस फिल्ममा अभिनेत्री पुन एक पटक श्रीवल्लीको भूमिकामा देखिनेछिन् । फिल्ममा उनीसँग साउथ सुपरस्टार अल्लु अर्जुन मुख्य भूमिकामा छन् ।