५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर वडा टेबलटेनिसको मुख्य प्रायोजकमा खड्गी



अ+ अ-

काठमाडौं । स्पिन इभेन्ट्सको आयोजनामा हुने चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगितालाई अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गीले मुख्य प्रायोजन गर्ने भएका छन् ।

त्यस्तै दि ह्यानडीक्राफ्ट र इटीटी क्लबले सह–प्रायोजन गर्ने छन् । आयोजकले बुधबार तीन पक्षसंग सम्झौता पनि गरेको छ । आयोजकका अध्यक्ष सुमन शाक्य, खड्गी, ह्यानडीक्राफ्टका निर्देशक नदिम शाक्य र इटीटी क्लबका अध्यक्ष रवि धाक्वाले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । मुख्य प्रायोजनवापत उपाध्यक्ष खड्गीले ५ देखि १० लाख रुपैयाँ सहयोग गर्ने जानकारी दिए । दोश्रो संस्करणमा भने खड्गी सह–प्रायोजक थिए ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा प्रतियोगिता मंसिर ११ देखि १५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, ब्वाइज सिंगल्स यु–१६, गल्र्स सिंगल्स यु–१६, मेन्स टिम, वुमेन्स टिम, भेट्रान टिम (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि)मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि) गरी कुल ११ स्पर्धा प्रतिस्पर्धा हुनेछ ।

करिब ४ सय ५० खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको आधिकारिक बल पार्टनरमा दि एच एस र पोशाक पार्टनरमा गोर्खा एथलेटिक्स रहेका छन् ।

प्रतियोगिताको मेन्स/वुमेन्स टिम इभेन्ट्स, भेट्रान टिम (४० वर्षमाथि) का शीर्ष तीन खेलाडी (तेस्रो हुने दुई) लाई शिल्ड प्रदान गरिनेछ । मेन्स÷वुमेन्स सिंगल्स इभेन्ट्सका शीर्ष तीन (सेमिफाइनलिष्ट) खेलाडीले क्रमशः ३० हजार, १५ हजार र सात हजार पांच सय नगद पुरस्कार, मेडल तथा प्रथम हुनेले ट्रफी पाउनेछ । १६ वर्ष मुनिका ब्वाइज सिंगल्स र गल्र्स सिंगल्स र भेट्रान्स सिंगल्समा पहिलो, दोस्रो र तेस्रो (सेमीफाइनलिस्ट) हुने खेलाडीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगद पुरस्कारका साथै मेडल, च्याम्पियनले ट्रफी पनि पाउनेछ ।

साथै स्वर्ण, रजत र कांस्यपदकको आधारमा सर्वोत्कृष्ट वडालाई रनिङ शिल्ड प्रदान गरिने छ । कीर्तिपुर नगरपालिकाको वडा ६ गत संस्करणमा टिम च्याम्पियन बनेको थियो ।

मेन्स/वुमेन्स सिंगल्स तथा १६ वर्षमुनी ब्वाइज सिंगल्स गल्र्स सिंगल्समा च्याम्पियन खेलाडीले अनर कम्पनीको एक्स सेभेन सी मोडलको मोबाइल फोन पनि प्राप्त गर्नेछन् ।