५ मंसिर २०८१, बुधबार
,
Latest
जागरणसभामा एक लाख नागरिक उपस्थित हुने एमालेको अपेक्षा माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन्ः अध्यक्ष दाहाल काँग्रेसलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ वायुसेवा कम्पनीहरूलाई पर्यटन मन्त्रीको निर्देशनः चौबिस घण्टाभित्र भाडादर बुझाउनु हवाई इन्धन डिपो स्थानान्तरणको डिपिआर बनाउन निगम र पुल्चोक क्याम्पसबीच सम्झौता शान्ति सम्झौताका १८ वर्ष – दमननाथ र पद्मरत्नलाई सम्झँदा कम्युनिष्ट आन्दोलनको गम्भिर समिक्षा गर्ने बेला आएको छः प्रकाण्ड अन्तर वडा टेबलटेनिसको मुख्य प्रायोजकमा खड्गी विश्व च्याम्पियनसिपका लागि ढुक्क भएर तयारी थाल्नुस्–सदस्य सचिव घिसिङ वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यकः भौतिकमन्त्री दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ वर्षपछि भारत आउँदै मेसी



अ+ अ-

काठमाडौँ । स्टार फुटबलर लियोनल मेसी अर्को वर्ष अन्तर्राष्ट्रिय खेलका लागि भारत आउने भएका छन् । उनको राष्ट्रिय टोली अर्जेन्टिनाले केरला भ्रमण गर्नेछ । यो खेल जुन वा जुलाईमा हुनेछ ।

यद्यपी यो खेल कुन टिमसँग खेल्ने हो भने खुलाइएको छैन । यसअघि मेसी सन् २०११ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारत आएका थिए ।

केरलाका खेलकुद मन्त्री वी अब्दुरहिमानले बुधबार मेसीसहितको अर्जेन्टिनाको फुटबल टोलीले अर्को वर्ष अन्तर्राष्ट्रिय खेलका लागि राज्यको भ्रमण गर्ने बताए । अब्दुरहिमानले खेल प्रदेश सरकारको पूर्ण निगरानीमा हुने बताए ।

मेसीसहित अर्जेन्टिनाको फुटबल टोलीले पछिल्लो पटक २०११ मा भेनेजुएलाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारत भ्रमण गरेको थियो । अर्जेन्टिना र भेनेजुएलाबीचको यो खेल सेप्टेम्बर २ मा कोलकाताको साल्ट लेक स्टेडियममा भएको थियो ।

यस खेलमा मेसीको सहयोगमा निकोलस ओटामेन्डीले दोस्रो हाफमा हेडर गोल गर्दै अर्जेन्टिनालाई १–० ले जित दिलाएका थिए ।

अर्जेन्टिना अहिलेको विश्व च्याम्पियन हो । सन् २०२२ मा भएको फिफा विश्वकपको फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४–२ ले पराजित गर्दै टोलीले उपाधि जितेको थियो । अर्जेन्टिनाले यसअघि सन् १९८६ मा उपाधि जितेको थियो ।

यो अर्जेन्टिनाको समग्रमा तेस्रो उपाधि हो । टोली सन् १९७८ मा पहिलो पटक विश्व च्याम्पियन बनेको थियो ।