२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले सरकारविरुद्ध टोल–टोलमा ७ मिनेट घन्टी बजाउने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारविरुद्ध टोलका सबै चोकमा ७ मिनेट खबरदारी घण्टी बजाउन आह्वान गरेको छ ।

आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलका चोकमा जम्मा भई घण्टी बजाउन पार्टी कार्यकर्ता र समर्थकलाई आग्रह गगरिएको हो ।

दुई वर्षअघिको आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरुआत भएको दिन भन्दै रास्वपाले यस्तो कार्यक्रम घोषणा गरेको जनाएको छ ।

रास्वपाले भनेको छ, ‘भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोधविरुद्ध आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घण्टी बजाउन सबैमा अनुरोध गर्दछौँ ।’

घण्टी बजाउँदै गरेको फोटो, भिडिओहरू सामाजिक सञ्जालमा अपलोड गरी खबरदारी गर्न पनि रास्वपाले आह्वान गरेको छ ।