१८ श्रावण २०८३, सोमबार
,
Latest
नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ (फोटो फिचर) साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो मुन्दडाको निवास र कार्यालयमा पाँच घण्टा प्रहरीको खानतलासी, केही फेला नपरेपछि फर्कियो टोली ज्योति रानाभाटको सत्याग्रहप्रति स्वास्थ्यमन्त्री महतको चासो, संवादबाटै समाधान खोजिने मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र धनुषालगायत तराईका विभिन्न स्थानमा धार्मिक तनावसँग जोडिएका हिंसात्मक घटनापछि भएको आन्दोलन तथा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको वार्ताप्रति प्रश्न उठाएका छन्।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै, “आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने यो जुक्ति गजबको छैन त?” भन्दै प्रश्न गरेका हुन्।

सुनसरीबाट सुरु भएको धार्मिक तनाव सिराहा, धनुषालगायत तराईका अन्य जिल्लामा फैलिँदा तीन जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए। घटनापछि विभिन्न स्थानमा आन्दोलन, कर्फ्यु तथा वार्तामार्फत स्थिति सामान्य बनाउने प्रयास गरिएको थियो। सरकारले घटनाको छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो भने विभिन्न राजनीतिक दल तथा सरोकारवालाले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आह्वान गरेका थिए।




भर्खरै