११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत



अ+ अ-

अमेरिका।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगन गर्न आफू सहमत भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत एक सन्देश जारी गर्दै ट्रम्पले सो जानकारी दिनुभएको हो । आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले अमेरिका इरानका विरुद्ध दोस्रो विश्वयुद्धपछिकै उच्च स्तरको सैन्य शक्ति र सामथ्र्यका साथ प्रतिकार गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गर्नुभयो ।

‘यति हुँदाहुँदै पनि, इरान र अन्य मध्यपूर्वी देशहरूले एउटा सम्झौताको खाका (पेरिमीटर) मा सहमति भइसकेको भन्दै हामीलाई आक्रमण रोक्न अनुरोध गरेका छन् ।’ उहाँले भन्नुभएको छ ।

ट्रम्पकाअनुसार प्रस्तावित सम्झौतामा हर्मुज जलसन्धिलाई तुरुन्त र पूर्ण रूपमा खुला गर्ने तथा इरानको आणविक खतरालाई अन्त्य गर्ने विषयहरू समावेश रहेका छन् । यद्यपि उहाँले यो निर्णय तत्काल ठोस सम्झौता हुने शर्तमा मात्र निर्भर रहने चेतावनी समेत दिनुभएको छ ।

यसअघि शुक्रवार वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले इरानमाथि नयाँ आक्रमण गर्न सेनालाई आदेश दिएको र उक्त कारबाही यसै साताको अन्त्यसम्ममा शुरु भई केही दिन जारी रहने समाचार प्रकाशित गरेको थियो ।

त्यसैगरी, ‘सीबीएस न्यूज’ ले पनि अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारलाई लक्षित गरी तिब्र हमलाको तयारी गरिरहेको उल्लेख गरेको थियो ।

यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले शनिवार अमेरिकालाई कुनै पनि दुःशाहसपूर्ण’ कदम नचाल्न चेतावनी दिनुभएको छ ।

इरानी समाचार संस्था मेहरकाअनुसार अराघचीले सम्भावित सैन्य कदमको परिणाम सम्बन्धित पक्षले नै भोग्नुपर्ने स्पष्ट पार्नुभएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल