१७ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईं पक्राउ



अ+ अ-

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालय, टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले केहीबेरअघि पक्राउ गरेको हो।

प्रसाईंले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलन घोषणा गरेका थिए। पत्रकार सम्मेलनमा उनले आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेका थिए।

प्रसाईंले यसअघि पनि विभिन्न सार्वजनिक कार्यक्रममा उत्तेजक तथा भड्काउ अभिव्यक्ति दिँदै आएका थिए। पछिल्लो समय उनका अभिव्यक्ति र गतिविधिलाई लिएर सुरक्षा निकायले निगरानी बढाउँदै आएको थियो।

पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि प्रहरी कार्यालयमा राखिएको जनाइएको छ।