७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति

मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति
अ+ अ-

काठमाडौं । मलेसियामा नेपाली श्रमिक पठाउन निश्चित वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई फाइदा पुग्ने गरी सिन्डिकेट गर्न चलखेल भएको भन्ने समाचारप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आपत्ति जनाएको छ।

विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मन्त्रालयलाई समेत जोडेर त्यस्ता समाचार तथा सामग्री प्रकाशित भएको भन्दै मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

मन्त्रालयले वैदेशिक रोजगारलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयमा आफूहरू सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। प्रतिस्पर्धालाई सीमित गर्ने तथा सीमित व्यवसायीको एकाधिकार कायम हुने कुनै पनि गतिविधि हुन नदिन मन्त्रालय सचेत र क्रियाशील रहेको जनाएको छ।

मन्त्रालयका अनुसार विद्यमान नीतिगत, कानुनी तथा प्रक्रियागत पक्षमा सुधार गर्दै सूचना प्रविधिको अधिकतम उपयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ।

यस्तो अवस्थामा मन्त्रालयका कामलाई ओझेलमा पार्ने र विषयान्तर गर्ने उद्देश्यले अफवाह तथा भ्रम फैलाउने कार्य गलत र तथ्यमा आधारित नभएको मन्त्रालयको दाबी छ। मन्त्रालयले सम्बन्धित सबैलाई यस्ता भ्रम र अन्योलमा नपर्न आग्रह गरेको छ।

मलेसियासँग सम्बन्धित विषयमा सम्बन्धित देशबाट समेत हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको मन्त्रालयले जनाएको छ। साथै, वैदेशिक रोजगार व्यवसायलाई प्रतिस्पर्धी, पारदर्शी र व्यावसायिक बनाउन गन्तव्य मुलुकसँग कूटनीतिक पहलमार्फत वैदेशिक रोजगारलाई स्वच्छ, नैतिक तथा प्रतिस्पर्धी बनाउने प्रयास भइरहेको मन्त्रालयको भनाइ छ।

यस कार्यमा सम्बद्ध सबै पक्षको सहयोग र सहकार्यका लागि मन्त्रालयले अपेक्षा गरेको छ।