९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुन्दडाको निवास र कार्यालयमा पाँच घण्टा प्रहरीको खानतलासी, केही फेला नपरेपछि फर्कियो टोली



अ+ अ-

काठमाडाैँ । विराटनगरका उद्योगी तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले करिब पाँच घण्टा खानतलासी गरेको छ। अवैध कारोबारमार्फत ठूलो रकम नगद राखिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङको टोली बिहानै मुन्दडाको घर तथा कार्यालय पुगेको थियो।

प्रहरी टोली बिहान करिब ५ बजे विराटनगर–७ स्थित मुन्दडाको निवासमा पुगेको थियो। उनको निवास मोरङ व्यापार संघको कार्यालयअगाडि रहेको छ। खानतलासीका क्रममा प्रहरीले आसपासको क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडा बनाएको थियो। गोल्छा चोकदेखि पूर्व र जिल्ला प्रशासन कार्यालयतर्फको चोकदेखि पश्चिमसम्मको सडक क्षेत्रमा सर्वसाधारणको आवतजावतमा रोक लगाइएको थियो।

प्रहरीका करिब १२ वटा सवारीसाधन मुन्दडाको निवास परिसरमा तैनाथ थिए। घर र कार्यालयको विस्तृत रूपमा खानतलासी गरिएपछि प्रहरी टोली बिहान ९ः३४ बजे त्यहाँबाट बाहिरिएको थियो।

प्रहरीका अनुसार मुन्दडा लामो समयदेखि अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपसम्बन्धी सूचना प्राप्त भएपछि अनुसन्धानका क्रममा खानतलासी गरिएको हो। यद्यपि, खानतलासीका क्रममा कुनै पनि गैरकानुनी वस्तु वा सामान फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यता, उद्योगी प्रकाश मुन्दडाले पनि प्रहरीले पुर्जी देखाएर बिहानै घरमा प्रवेश गरी खानतलासी गरेको बताए। उनका अनुसार प्रहरीले घरका सबै कोठा, भान्सा, बैठक, शयनकक्ष, दराज र बाकससमेत खोलेर खोजतलास गरेको थियो। तर कुनै गैरकानुनी वस्तु फेला नपरेपछि प्रहरी फर्किएको उनको भनाइ छ।

खानतलासीपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुन्दडाले भने, “प्रहरी बिहान ५ बजे पुर्जी देखाएर खानतलासीका लागि आएको थियो। केही नभेटेपछि फर्किएको छ।”

प्रहरी टोली बाहिरिने क्रममा उद्योगी वेनिगोपाल मुन्दडा र प्रकाश मुन्दडा पनि त्यहाँ उपस्थित थिए।




भर्खरै