२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय बजारमा ‘होस्टेल ३’को बढ्दो माग: अस्ट्रेलिया, न्यूजिल्यान्ड, जापान, मध्यपूर्व र मलेसियामा बिक्री



अ+ अ-

काठमाडौं । फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको तथा हाल छायाङ्कन भइरहेको नेपाली चलचित्र ‘होस्टेल ३’ अन्तर्राष्ट्रिय बजारमा चर्चित बन्दै गएको छ। पछिल्लो समय अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि यसको प्रदर्शन अधिकार बिक्री भएको छ। यसअघि जापान, मध्यपूर्वका देशहरू, र मलेसियाका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको थियो।

अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि प्रदर्शन अधिकार ब्ल्याक आइ क्रियशन (राजु कान र सुदिन केसी)ले खरिद गरेका छन्। जापानका लागि युएनए इन्टरटेन्मेन्ट र मध्यपूर्व तथा मलेसियाका लागि आशिष इन्टरटेन्मेन्टले अधिकार किनेका छन्।

सशान कँडेलद्वारा निर्देशित ‘होस्टेल ३’ लाई ‘होस्टेल’ शृङ्खलाको महत्त्वपूर्ण तेस्रो कडीका रूपमा लिइएको छ। यस चलचित्रमा पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ।

‘होस्टेल’ शृङ्खलाले नयाँ कलाकारलाई नेपाली चलचित्र उद्योगमा स्थापित गराउँदै आएको छ। पहिलो ‘होस्टेल’ चलचित्रबाट अनमोल केसी, सलोन बस्नेत, र प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए भने ‘होस्टेल रिटर्न्स’ले स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, र सुशील सिटौलालाई परिचित गराएको थियो। २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ सालमा आएको ‘होस्टेल रिटर्न्स’ दुवै चलचित्रले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेका थिए।

‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका छन् भने कथा निर्देशक सशान कँडेलकै हो। चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ। चलचित्रका डिओपी अर्जुन तिवारी हुन् भने सिनेमाटोग्राफी बुद्ध थापा र मनोज खत्रीले गरेका छन्।

चलचित्रका मुख्य सहायक निर्देशक सुदिप कुँवर, प्रोडक्सन डिजाइनर यम प्रसाद ओली, र कार्यकारी निर्माता शङ्कर कोइराला हुन्। निर्माता कर्ण कार्की र गोविन्द अधिकारीसँगै सह-निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन्। लाइन प्रोड्युसर भेषराज गौतम हुन्।