१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल

दोषी आयोजक हो, मलाई क्षतिपूर्ति दिनुपर्छ: खेसरीलाल

दोषी आयोजक हो, मलाई क्षतिपूर्ति दिनुपर्छ: खेसरीलाल
अ अ+ अ-

विराटनगर । भारतस्थित बिहारका लोकप्रिय भोजपुरी कलाकार खेसरीलालले तेस्रो बर्जु महोत्सवमा भएको आगजनी तथा तोडफोडको दोष आयोजक पक्षलाई दिएका छन् । उनले टिकट सो हो भन्ने आफूलाई थाहै नदिई गुमराहमा राखेको बताएका छन् । आगजनीमा आफ्नो सवारी साधनमा क्षति पुगेको भन्दै उनले सोबापतको क्षतिपूर्ति माग गरेका छन् । साथै प्रशासनले महोत्सव आयोजना गर्न दिएको अनुमति रद्द भएको आफूलाई आयोजकले जानकारी समेत नदिएको बताएका छन् । उनलाई कार्यक्रमका लागि आउँदै गर्दा प्रशासनले विराटनगरमै रोकेको थियो ।

विराटनगरमा पत्रकारहरुसँग उनले आयोजनास्थलमा भएको आगजनी र तोडफोडबाट आफ्नो डेढ करोडको क्षति भएको भन्दै त्यसको क्षतिपूर्ति पाउनुपर्ने बताए । घटनामा स्थानीय जनता तथा प्रशासनको कुनै दोष नभई सम्पूर्ण दोष आयोजक भएको उनको भनाइ थियो । टिकट विक्री गरेर पनि कलाकार खेसरीलाललाई नबोलाएको भन्दै आक्रोशित भिडले आयोजना स्थल तोडफोड गर्दै चारवटा स्कारपियोमा आगजनी गरेको थियो ।

बर्जु तालमा गत पुस २३ गतेदेखि बर्जु महोत्सव सुरु भएको थियो । कोरोना सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले पुस २७ गते नै महोत्सव रोक्न निर्देशन दिएको थियो । तर आयोजकले प्रशासनको निर्देशनलाई बेवास्ता गरेपछि प्रशासनले पुनः माघ २ गते महोत्सव रोक्न लिखित आदेश नै दिएको थियो । त्यसपछि पनि आयोजकले मङ्गलबार खेसरीलाललाई बोलाएको थियो । खेसरीलाल आउँदै गर्दा स्थानीय प्रशासनले महोत्सव रोक्न निर्देशन दिएकाले कार्यक्रमको कुनै अनुमति नभएको र सुरक्षा पनि दिन नसकिने बताएपछि उनलाई बीच बाटैमा रोकेर विराटनगर स्थित होटलमा राखिएको थियो ।

प्रहरीका अनुसार मङ्गलबार मध्याह्न १२ बजेसम्म उनी महोत्सवस्थलमा नपुगेपछि आक्रोशित भीडले भारतीय नम्बर प्लेटका चारवटा स्कोरपियो गाडीमा आगजनी गर्नुका साथै स्टेज, साउन्ड सिस्टम र लाइटहरु तोडफोड गरेको थियो । खेसरीलालले कोरोना सङ्क्रमणका कारण प्रशासनले कार्यक्रममाथि रोक लगाएको बारेमा आफूलाई कुनै जानकारी नभएको र आयोजकले समेत कुनै जानकारी नदिएको बताए । आयोजकले कार्यक्रमका लागि ३०० र ५०० का अग्रिम टिकट विक्री गरेको बताइएको छ ।