२ मंसिर २०८१, आईतवार
,
Latest
मुलुकको अर्थतन्त्रका वाह्य सूचकहरु सकारात्मक छन्ः अर्थमन्त्री पौडेल विराटनगर किङ्सको ब्राण्ड एम्बासडरमा अभिनेता दयाहाङ राई २४ जिल्लाका तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते चार देशका राजदूतहरुले लिए राष्ट्रपति पौडेलबाट शपथ ग्रहण पोखराका प्रेमप्रसादको एकीकृत कृषि पूर्वसभामुख ढुङ्गानाको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली पूर्वसभामुख ढुङ्गानाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली इजरायली हवाई आक्रमणमा गाजामा २० जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत: राष्टपति पौडेल



अ+ अ-

काठमाडौं । राष्टपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताउनुभएको छ ।

ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमीको आइतबार नगरकोटमा उद्घाटन गर्दै उहाँले जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने बताउनुभयो ।

राष्टपति पौडेलले भन्नुभयो– ‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ । आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेका छ । आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौंतारीरहेको यहि कारण हो ।’

उहाँले विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढ्दै गएका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कदै गएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले ब्रह्माकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुयाउने विश्वासस व्यक्त गर्नुभयो ।

उहाँले ज्ञानसरोवर एकेडेमीमा बनेका चारधामसहितका तपस्या केन्द्रहरूले ज्ञान र योगका माध्यमबाट व्यक्ति र समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्ने बताउनुभयो । राष्ट्रपति पौडेलले यसबाट मानिसलाई आफूलाई संयम राख्दै सुखद जीवनयापनका लागि मद्धत पुग्ने बताउनुभयो ।