९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी बन्दैछ कञ्चनपुरमा हजार क्षमताको होल्डिङ सेन्टर (भिडियो सहित)



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । 
गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको सालधारी क्षेत्रमा १ हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । नेपाली सेनामार्फत् होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । कम्पनीका अनुसार हाल बेड फिटिङको कार्य चलिरहेको छ । कम्पनीले विद्युत होल्डिङ सेन्टरमा विद्युत आपूर्तीको लागि ट्रान्समिटर राख्ने काम पनि सम्पन्न गरेको छ । होल्डिङ सेन्टरको नब्बे प्रतिशत भन्दा बढी प्रगती भएको छ ।

सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टरको निमार्णको कार्य हेरिरहेको छ । बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ । निमार्णको कार्य ढिलासुस्ती अथवा निर्माणको कुरामा सेनाले विशेष ध्यान दिएर निमार्ण कार्यलाई सहजता गर्ने गरेको बाहिनीले जनाएको छ । २९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले करिब साढे पन्ध्र करोड रुपैँया भुक्तानी लिएको अवस्था छ ।  तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको स्थायी होल्डिङ सेन्टरको बाइस वटा अलग अलग ब्लग छन् । निर्माण भएका सबै ब्लगमा बाथरुम, भान्सा, डाइनिङ रुमलगायतको महत्वपूर्ण सेवासुविधासहित होल्डिङ सेन्टर निर्माण भएको छ । संरचनागत भवन सबै निर्माण भएको र खाली फिटिङको काम मात्रै बाँकी रहेको छ । पुस मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने होल्डिङ सेन्टरको भुक्तानीका कारण ढिलाई भएको ठेकेदार कम्पनीले जनाएको छ ।

कोरोना महामारीको तेस्रो लहरलाई लक्षित गर्दै निर्माण सुरु गरिएको होल्डिङ सेन्टर अबको केही समय भित्रै सेन्टरको निर्माण कार्य सम्पन्न गर्ने समेत ठेकेदार कम्पनीले जनाएको छ । नेपाल सरकारले भारतबाट भित्रिएका नेपाली नागरिकहरूलाई कोरोना संक्रमण भए–नभएको परीक्षण गरेर मात्रै गन्तव्यमा जान दिने वा अस्पताल÷आइसोलेसनमा पठाउने गरी वैशाख महिनाको मन्त्रिपरिषद् निमार्णले नेपाल–भारत सीमानाका नजिकै ८ र उपत्यकामा २ गरी १० ठाउँमा प्रत्येकमा हजार जना मानिस अट्ने क्षमताका होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । यस्तै होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा भएपनि यसलाई कसले कसरी सञ्चालन र व्यवस्थापन गर्ने भन्ने विषयमा भने अन्यौलता रहेको छ । होल्डिङ सेन्टरको ३ सय वेड तयारी अवस्थामा छन् । जिल्लाभर अहिले कोरोना संक्रमण दर बढिरहेको छ । जिल्लाको एक मात्र महाकाली अस्पतालमा दिनानुदिन संक्रमितहरु बढिरहेको अवस्था छ । भारतसँग खुल्ला सिमाना भएको जिल्ला प्रत्येक दिन सयौंको संख्यामा नेपाली स्वदेश फर्कने क्रम पनि बढ्दै गएको छ । निर्माणको चरणमा रहेको होल्डिङ सेन्टरलाई सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले हेरिरहेको छ । तर सम्पन्न होल्डिङ सेन्टर सम्पन्न पछाडि पनि नेपाली सेनाले या कसले कसरी सञ्चालन गर्ने विषय भने स्पस्ट रुपमा तय नहुँदा सञ्चालनमा अन्यौता छाएको छ । यता जिल्ला प्रशासन कार्यालयले भने नेपाल सरकारको माघ २ गतेको निर्णय अनुसार सञ्चालन गर्ने जनाएको छ ।

होल्डिङ सेन्टर निर्माणपछि भने जिल्लामा बढिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न केही सहज तथा सहयोग पुग्ने विश्वास लिइएको छ । जिल्लामा हालसम्म ९ हजार २ सय ८० जनामा कोरोना संक्रमण भएको छ ।  




भर्खरै