३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौं म्यारीयट होटेलसँग सम्झौता गरेको छ ।

विहीबार रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारीयटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले सम्झौतामा हस्ताक्षर गरे ।

खड्काले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी व्यक्त गरे । ‘नेपालमा पछिल्लो समय पर्यटनको सम्भावनालाई मध्यजर गर्दै होटलमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ । म्यारियटजस्तो विश्वकै अग्रणी संस्थाले नेपाली क्रिकेटको सम्भाव्यतालाई मध्यनजर गर्दै क्रिकेट र नेपालीको नयाँ ब्रान्ड एनपिएलमा गरेको लगानी स्वागतयोग्य छ । फ्रेन्चाइज क्लबहरुमा सबैभन्दा धेरै लोकप्रिय भएको सुदुरश्चिमाञ्चल रोयल्सले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी छौं,’ खड्काले भने ।

कम्बोजले एनपिएलका लागि उत्साहित रहेको बताए । ‘हामी सुदुरपश्चिम रोयल्सलाई स्वागत गर्न पाउँदा उत्साहित छौं । टोलीलाई उत्कृष्ट खेलका लागि शुभकामना दिन चाहन्छौं,’ उनले भने ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । यसका लागि सुदूरपश्चिमले ४ विदेशी खेलाडी पनि अनुबन्ध गरिसकेको छ । टोलीको मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा हुनुहुन्छ । टोलीको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी छन् ।

सुदूरपश्चिम टोली: दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई)