८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो

कर्णाली प्रदेशको समस्या बारे अध्यक्ष ओली र दाहालको छुट्टा छुट्टै लिखित निर्देशन

कर्णाली प्रदेशको समस्या बारे अध्यक्ष ओली र दाहालको छुट्टा छुट्टै लिखित निर्देशन
अ+ अ-

काठमाडौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिरुद्ध बहुमत सदस्यहरुले हस्तक्षर गरेर पद माथी धाबा बोलेपछि चर्किएको कर्णाली कहल अझै सल्टिएको छैन ।  बिवाद मिलाउन कर्णालीका नेताहरु लाई एक साता काठमार्डौ राखेका शिर्षनेताहरुल्े समस्याको समधान खोज्न फेरी  सुर्खेत तीर नै पठाईदिए । केन्द्रिय राजधानीबाट सयुक्त समाधान नदेखेपछि  आफना आफना गुटका नेताको 
निर्देशन बोकेर सुर्खेत पुगेका नेताहरु शुक्रबार औपचारीक रुपमा बिवादलाई सकाएका छन् ।   यसैबीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दहालले छुट्टा छुट्टै  लिखित निर्देशन दिएपछि कर्णाली कहल  भुसको आगोको रुपमा रहेको स्पष्ट हुन्छ  । दुई अध्यक्ष को निर्देशन 


अध्यक्ष ओलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई  प्रमुख सचेतक का सम्बन्धमा कार्तिक ५ गते एक निर्देशन दिनुभयो ।  अध्यक्ष ओलीले लेख्नु भएको पत्रमा उल्लेख छ–अनुशासित  तबरले सचेतकको जिम्मेबारी सम्हालिरहनु भएको र मुख्यमन्त्री बिरुद्ध अबिश्वासको प्रस्ताबमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रदेशशभा दल कर्णालीको प्रमुख सचेतक श्री गुलाबजंङग शाह  माथि तपाईले  गरेको कारबाही फिर्ता लिन र उहाँलाई  पुर्बवत् प्रमुख सचेतकको जिम्मेबारीमा स्थापित गर्न निर्देशित गर्दछु ।  
यता अर्का अध्यक्ष दाहालले कर्णाली प्रदेश इन्चार्ज  जनार्दन शर्मालाई दलको प्रदेशसभा सदस्यहरुको भाबना र मर्म अनुसार कार्यन्वयन गर्न निर्देशन दिनुभएको छ ।  शुक्रबार साँझ  अध्यक्ष दाहालले  निर्देशन दिदै लेख्नु भएको छ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का हामी दुई अध्यक्ष बीच कार्तिक  ४ गते मंगलबार बिहान प्रधानमन्त्री निबास बालुवाटारमा भएको भेटघाटमा कर्णाली 
प्रदेशको बिषयमा छलफल भई अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक  सम्बन्धी  बिषय  पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न दिने सुझाव  दिने समझदारी भएको थियो । सो समझदारी र हाम्रो दलको प्रदेशसभा सदस्यहरुको भाबना र मर्म अनुसार कार्यन्वयन गर्न निर्देशित गर्दछु ।  
ओली निकट नेता यामलाल कडेलको अगुवाईमा भएको मुख्यमन्त्री बिरुद्धको अबिश्वास प्रस्ताब अभियानमा सुरमा साथ दिएका माधब नेपाल समुह  पछि  मुख्यमन्त्रीको पक्षमा उभिएपछि संकट तत्कालका लागि त टर्यो , तर मन मुटाब भने झनै तिब्र बन्दै गएको छ । कर्णालीको झिल्को अन्य प्रदेशमा पनि फैलने तयारीमा रहेको एक सचिवालयमा सदस्यले जानकारी दिनुभयो ।