८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो

भारतीय सेनापति अर्काे हप्ता नेपाल आउँदै, भ्रमण रद्द गर्न मागगर्दै विरोध शुरु

भारतीय सेनापति अर्काे हप्ता नेपाल आउँदै, भ्रमण रद्द गर्न मागगर्दै विरोध शुरु
अ+ अ-

काठमाडौं । भारतीय सेनापति एमएम नरभाने अर्काे हप्ता नेपाल भ्रमणमा आउने भएका छन् । उनी यही नोभेम्बर ४–५ (कात्तिक १९ देखि २० सम्म) नेपाल आउने भएको भारतीय पत्रिका इकोनोमिक टाइम्सले जानकारी दिएको छ । उक्त पत्रिकाले नेपाल भारतका बीचमा हालैका केही महिना यता विग्रिएको सम्बन्ध सुधारको लागि भन्दै उनी नेपाल जान लागेको बताएको छ । 

पछिल्लो समयमा बिग्रिएको सम्बन्धमा कूटनीतिक रुपमा सुधार ल्याउनका लागि उनको नेपाल भ्रमण हुन लागेको सो पत्रिकाले बताएको छ । तर यस विषयमा नेपालका तर्फबाट भने भ्रमण मिति सार्वजनिक भएको छैन । उक्त पत्रिकाले एकातर्फ दुई देशबीचको सम्बन्ध विस्तारमा कूटनीतिक पहलका लागि नेपाल जान लागेको लेखेको छ । सो पत्रिकाको समाचार हेर्दा लाग्छ मानौँ कि दुई देशको सम्बन्ध सुधारका लागि भारतका विदेश मन्त्रीले नेपाल भ्रमण गर्न लागेका हुन् ।

नरभानेको विरोध किन ? 
यी सेनापतिले नेपालले लिपुलेक सहितको नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको विरोध गरेका थिए । 
उनले नेपालले नयाँ नक्साको एजेण्डा आफूले नभएर अरु कसैको इसारामा उठाएको भनेर नेपालमाथि कूटनीतिक हमला नै गरेका थिए । उनी कूटनीतिक मर्यादा विपरीत गएर नेपाल भारत सम्बन्धमा बोलेको भन्दै उनको नेपाल र भारतमा नै व्यापक विरोध भएको थियो । त्यसैले यस पटकको उनको नेपा लभ्रमण रोक्न माग भएको हो । 

नरभानेको भ्रमण रोक्न माग 
उनको नेपाल भ्रमणलाई अस्वाभाविक भन्दै नेकपा भित्र पनि विरोध भएको छ । दुई देश बीचको सम्बन्ध सुधारका नाममा गत हप्ता मात्र पनि नेपालमा गुप्तचर प्रमुखको भ्रमण भएको र उनले प्रधानमन्त्री केपी ओलीसँग नै वार्ता गरेको भन्दै त्यसको व्यापक मात्रामा विरोध भएको थियो । 

नेकपाकै नेताहरुले नेपाल भारत सम्बन्ध भारतको जाशुशी एजेन्सीका प्रमुख या सेनापतिले सुधार गर्नुपर्ने अवस्थामा नपुगेको नेपालमा बताइन्छ । नेपालका प्रधानमन्त्रीले कूटनीतिक वार्ता नै भारतका सुरक्षा प्रमुखजस्ता कर्मचारीहरुसँग गर्नुपर्ने अवस्था आउनु लज्जास्पद भएको नेकपाका सदस्यहरु नै बताउँछन् ।

भारतीय सेनापतिको यो भ्रमण रद्द गर्नुपर्ने आवाज राजनीतिक दल मात्र नभएर नागरिक समाजबाट पनि उठेको छ । नेपालको सीमाको विषयमा विरोध गर्ने सेनापतिलाई बोलाएर नेपालले वार्ता गर्न नहुने नेकपाका नेताहरु र नागरिक समाजकै माग रहेको छ । यदि त्यसो भयो भने प्रधानमन्त्री ओलीको राष्ट्रवाद देखावटी मात्र रहेको उनीहरुको भनाई छ ।

वरिष्ठ अधिवक्त तथा नेपालको नागरिक समाजका अगुवा विपीन अधिकारीले उनको भ्रमण तत्कालै रद्द हुनुपर्ने भन्दै ट्वीट गरेका छन् । उनले ट्वीटमा भनेका छन्- 'सरकारले यो भिजिट् तत्कालै रद्द गरोस। हामी बीच सिमा विवाद छ।उनले नेपालका बारेमा नराम्रो बोलेका छन्। यो राजनीतिक तहमा समाधान गर्नु पर्ने विवाद हो ।सेना संग किन कुरा गर्ने रुयस्तालाई कसरी अनररी दर्ज्यानी चिन्ह दिन मिल्छ र? के अर्थ लाग्छ अन्तर्राष्ट्रिय समुदायमा ?'