काठमाण्डौ । कलाकार सिताराम कट्टेल (धुर्मुस)ले बडा दसैंको अबसरमा भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सग्लनब्यक्तिहरु संग टीका र जमरा संगै रमाईलो गरेका छन् । निर्माण कार्यमा संग्लनहरु संग टिका लगाईदै गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै धुर्मुसले दशैमा पनि घर नगइ निरन्तर निर्माण अभियानमा जुटिरहनु प्रति नमन गरेका छन् ।
फेसबुकमा धुर्मुसले लेखेका छन् – दसैँ आपसमा भेटघाट र खुशी साटासाट गर्ने दिन पनि हो । वर्षभरि आआफ्ना काममा व्यस्त हुनेहरु दसैँमा टीका लगाउन भेट गर्ने गर्छन् । तर यो वर्षको दसैँ विगतमा जस्तो छैन ।कोरोना भाइरसको महामारीबाट जोगिन मानिसहरुबीच दूरी कायम गर्नुपर्नेछ यसवर्ष । त्यसैले दसैँको टीका विगतमा जस्तो उल्लासपूर्ण छैन । मान्यजनको हातबाट टीका लगाउनेहरुले पनि मास्क लगाएर आफ्नो मुस्कान छोप्न बाध्य छन् ।
नबदुर्गा भवानिको कृपाले घरपरिवार र रङशाला परिवार दुबै संग बिजयादशमिको टिका आदानप्रदान सगै ग्रहण गर्ने अवसर प्राप्त भयो। ७७ बर्षिय हजुरआमा, बुवा आमा, श्रीमती , छोरि, भाइहरु र बहिनि सहित परिवार सग टिका ग्रहण आशिर्बाद सग सगै गौरबको परियोजना रङशाला निर्माण अभियानमा १५० जना भन्दा बढि जन शक्ति, कर्मचारी साथीहरू जो दशैमा पनि घर नगइ निरन्तर निर्माण अभियानमा जुटिरहनु भएको छ्।
उहाहरुलाइ टिका लगाइदिन पाउदा मैले आफुलाइ भाग्यमानि ठानेको छु। अभियान सग जोडिएर काम गर्नुहुने दाजुभाइ दिदिबहिनिहरुलाइ मैले आफ्नो परिवार सम्झिएको छु। पुन देश बिदेशमा हुनुहुने सबै नेपालि जनहरुमा बिजयादशमिको शुभकामना ब्यक्त गर्दछु।











