१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल

नेपाली युवा उद्यमी मञ्च र यती एअरलाइन्स बीच सहकार्य

नेपाली युवा उद्यमी मञ्च र यती एअरलाइन्स बीच सहकार्य
अ अ+ अ-

काठमाडौं । नीजि क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायिक सहकार्य भएको छ । सम्झौतासँगै यती एअरलाइन्स अबदेखि मञ्चको आधिकारिक एअरलाइन्स बनेको छ । 

यती एअरलाइन्सको कार्यालयमा शुक्रबार आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदिप श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । मञ्चमा आवद्ध सदस्य उद्यमीहरुले यती एअरलाइन्सको जहाजमार्फत् आवतजावत गर्दा सहुलियत पाउनेछन् । युवा उद्यमीका विभिन्न प्रदेशमा हुने तालिम, सभा, सम्मेलन, गोष्ठी तथा कार्यक्रमहरुमा यात्रा गर्दा यती मोबाइल एप अथवा सदस्य कार्ड मार्फत् यती एअरलाइन्सको गन्तव्यहरुमा सहुलियत प्राप्त गर्न सक्ने, यती स्काई–क्लब कार्यक्रममा सहकार्य गर्ने लगायत विषयमा सम्झौता भएको छ । 

कार्यक्रममा यती एअरलाइन्सका सिईओ रिमालले समृद्ध मुलुक निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपालका युवा उद्यमीलाई अगाडि बढाउन यती एअरलाइन्स सधैं सहकार्य गर्न तयार रहेको बताउनुभयो । भविष्यका दिनमा पनि युवा उद्यमीहरुलाई लक्षित गरी थप सहकार्य गर्दै जाने उहाँको भनाई थियो । 

नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष श्रेष्ठले युवाहरुलाई उद्यमको क्षेत्रमा अगाडि बढाउन यस्ता किसिमका सहकार्यले सहयोग हुने र देशभरका युवाहरुलाई जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सन् २००३ मा स्थापित नेपाली युवा उद्यमी मञ्चमा हाल देशभर ७०० भन्दा बढी सक्रिय युवा उद्यमीहरु आबद्ध रहेका छन् ।