२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

नेपाली युवा उद्यमी मञ्च र यती एअरलाइन्स बीच सहकार्य

नेपाली युवा उद्यमी मञ्च र यती एअरलाइन्स बीच सहकार्य
अ अ+ अ-

काठमाडौं । नीजि क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायिक सहकार्य भएको छ । सम्झौतासँगै यती एअरलाइन्स अबदेखि मञ्चको आधिकारिक एअरलाइन्स बनेको छ । 

यती एअरलाइन्सको कार्यालयमा शुक्रबार आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदिप श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । मञ्चमा आवद्ध सदस्य उद्यमीहरुले यती एअरलाइन्सको जहाजमार्फत् आवतजावत गर्दा सहुलियत पाउनेछन् । युवा उद्यमीका विभिन्न प्रदेशमा हुने तालिम, सभा, सम्मेलन, गोष्ठी तथा कार्यक्रमहरुमा यात्रा गर्दा यती मोबाइल एप अथवा सदस्य कार्ड मार्फत् यती एअरलाइन्सको गन्तव्यहरुमा सहुलियत प्राप्त गर्न सक्ने, यती स्काई–क्लब कार्यक्रममा सहकार्य गर्ने लगायत विषयमा सम्झौता भएको छ । 

कार्यक्रममा यती एअरलाइन्सका सिईओ रिमालले समृद्ध मुलुक निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपालका युवा उद्यमीलाई अगाडि बढाउन यती एअरलाइन्स सधैं सहकार्य गर्न तयार रहेको बताउनुभयो । भविष्यका दिनमा पनि युवा उद्यमीहरुलाई लक्षित गरी थप सहकार्य गर्दै जाने उहाँको भनाई थियो । 

नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष श्रेष्ठले युवाहरुलाई उद्यमको क्षेत्रमा अगाडि बढाउन यस्ता किसिमका सहकार्यले सहयोग हुने र देशभरका युवाहरुलाई जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सन् २००३ मा स्थापित नेपाली युवा उद्यमी मञ्चमा हाल देशभर ७०० भन्दा बढी सक्रिय युवा उद्यमीहरु आबद्ध रहेका छन् ।