८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

प्रचण्डसँग सम्बन्ध विग्रिएपछि बालुवाटारमा ओली-नेपाल २ घन्टा वार्ता

प्रचण्डसँग सम्बन्ध विग्रिएपछि बालुवाटारमा ओली-नेपाल २ घन्टा वार्ता
file
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीलाई भेट्न नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल मंगलबार साँझ बालुवाटार पुगेको पछिल्लो समाचार प्राप्त भएको छ । यता नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री केपी ओलीको सम्बन्ध बिग्रिँदै भनिएका बेला वरिष्ठ नेता माधव मंगलबार साँझ बालुवाटार पुगेका थिए । यस्तो बेलामा भएको यो भेटलाई नेकपा भित्र पनि अर्थपूर्ण रुपमा लिइएको छ । यस भेटलाई प्रधानमन्त्री ओलीले नेपालसँग सहकार्यको प्रयास गरेको अर्थका रुपमा पनि कतिपयले लिएका छन्।

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच मंगलबार करिब २ घन्टा छलफल भएको बालुवाटार समाचार स्रोतले जनाएको छ। भेटमा प्रधानमन्त्री ओलीले सहकार्यका लागि प्रस्ताव गरेको तर ठोस प्रगति केही हुन नसकेको समाचार स्रोतले बताएको छ । तर उक्त भेटका लागि प्रधानमन्त्री ओलीले नै नेपाललाई बोलाएका थिए कि नेपाल आफैले समय लिएर भेट्न गएका हुन् भन्ने बारेमा भने केही बुझिएको छैन । 

नेकपाका एकजना केन्द्रीय नेताले भने 'एउटासँग सम्बन्ध बिग्रिएपछि अर्कोसँग नजिक हुने प्रधानमन्त्रीको स्वभाव नै हो, त्यसैले उहाँले नै नेपाललाई भेट्न बोलाएको हुनुपर्छ ।' उता वरिष्ठ नेता नेपालनिकट एक नेताले भने प्रधानमन्त्रीले नै माधव कमरेडसँग सहकार्यका लागि प्रस्ताव गर्नुभएको थियो । 

पछिल्लो समयमा कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने विषयमा अध्यक्षद्धय ओली र प्रचण्डबीच सम्बन्ध बिग्रिएको बताइन्छ । यसरी अर्का अध्यक्ष प्रचण्डसँग असहमति बढेसँगै प्रधानमन्त्री ओलीले नेपालसँग भेट सुरू गरेका समाचार स्रोतहरु बताउँछन् । 

प्रधानमन्त्री ओली र प्रचण्डबीच विगतको तिक्तता कर्णाली प्रदेशको विवादले झन् सतहमा ल्याइदिएको छ । उक्त विवाद समाधानका लागि भन्दै दुई जना अध्यक्षले कर्णाली प्रदेश सरकारलाई दुई अलग अलग आदेश दिएका छन् । यसरी पार्टी एकीकरण भएपछि दुवै जना अध्यक्षले कुनै एक विषयमा लिखित रुपमै यसरी अलग अलग आदेश दिएको यो पहिलो पटक हो । 

यसलाई नेकपा भित्र नै कतिपयले अहिलेसम्मकै ठूलो विवादका रुपमा लिएका छन् । त्यसैले पनि गएको कात्तिक ३ गतेयता दुई अध्यक्षबीच भेट भएको छैन। नेकपाका एकजना नेताका  अनुसार ओलीले भेटका लागि बोलाएका भए पनि प्रचण्ड अहिले बालुवाटार गएका छैनन्।