१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल

ओमिक्रोनले ज्यान लिन्छ लापरवाही नगरौँ–डा. रक्षा गौतम (भिडियो सहित)

ओमिक्रोनले ज्यान लिन्छ लापरवाही नगरौँ–डा. रक्षा गौतम (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यस सँगै कोरोनको पछिल्लो भेरिएण्ट ओमिक्रोन को संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ।  आम मानिसले आफुलाई भएको संक्रमण मौसमी रुघाखोकी होकी कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । कोरोना संक्रमण भएको त्रासका कारण सामान्य रुघा लाग्दा पनि अस्पताल जानेको संख्या बढेको छ । अल्का अस्पताका चिकित्सक डा रक्षा गौतमले मौसम परिवर्तनले हुने रुघाखोकी र कोभिड संक्रमणमा ज्वरो आए नआएको हेर्नु पर्ने बताउनु भयो । यदि ज्वरो  आएको छ भने सतर्क भएर बस्ने र तुरुन्त चिकित्सकको सम्पर्कमा जाने, थप लक्षण देखिन थालेमा पिसिआर गराउन सल्लाह दिनु भयो । न्युज एजेन्सी नेपालको सम्बादमा डा गौतमले अहिले ओमिक्रोनको संक्रमणलाई लिएर आम मानिसमा लापरवाही बढेको बताउनु भयो । ओमिक्रोनको संक्रमण ४÷५ दिन रहनछ भनेर लापरवाही गर्न नहुने बताउनु भयो। अमिक्रोन सँगको  सानो लापरवाहिले ज्यान नै जान सक्ने बताउनु भयो । प्रश्तुत छ अल्का अस्पताका चिकित्सक डा रक्षा गौतम सँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश ।

अहिले अस्पतालहरुमा मौसमी रुघाखोकीको बिमारीको चाप कस्तो छ ?

मौसमी परिवर्तनले हुने रुघाखोकीका लक्षण भएका विरामीहरुको चाप धेरै बढेको छ । गत दुईहप्ता देखि हाम्रो ओपिडिमा बिरामीको चाप तिन, चार गुणाले बढेको छ । एकजना फिजिसियनलाई नै धौ धौ हुनेगरी बिरामी आइरहनु भएको छ । मौसमी परिवर्तनले हुने रुघाखोकी मात्रै नभएर अहिलेको यो कोभिड १९ को बिरामीहरुको चाप पनि त्यसमै मिसिएर हामीले हेरिरहेका छौँ दिनदिनै बढेको देखिराछौँ ।

अहिले मनिसहरु एकदमै अल्मल्लिएको जस्तो देखिन्छ, एउटा मौसमी फ्लु भयो । अर्को कोभिड १९ डेल्टा भेरियन्ट, अनि आमिक्रोम भाइरस संक्रमण कसरी छुट्याउने, कसरी उपचार गर्ने ? सबैको उस्तैउस्तै खालको लक्षणहरु देखिन्छन् । लक्षणका आधारमा आम सर्वसाधारणले कसरी छुट्याउने र कस्तो अवस्था भयो भने पिसिआरका लागि जाने ?

मौसमी परिवर्तनले हुने संक्रमण कमन कोल्ड ९चीसोले हुने रुघाखोकी० हो, कमन कोल्डको  बेसिक लक्षण छुट्याउने  एकदम सजिलो तरिका भनेको ज्वरो हो । यो  धेरै हुँदैन मौसमी परिवर्तनले हुने लक्षणहरुमा ज्वरो आउँदैन बिरामीहरुलाई । सामान्य जिउ दुख्ने, रुघाखोकी, रुघामर्की एकदुई दिनमा आफै ठिक भएर जाने, घरको एउटा सदस्यलाई भएको हुन्छ, प्राय सबै सदस्यहरुलाई त्यस्तै लक्षण ट्रान्सफर भइराखेको हुन्छ । फ्लु भनेको चाहीँ जुन ओमिक्रोन, डेल्टा, कोभिड अथवा इन्फ्लुएन्जा हो ।  सबै  फ्लुको फेमिलीमा पर्दछन् । हामीले इन्फ्लुयन्जा सुनिरहेको फ्लु हो । सिजनल फ्लु हरेक वर्ष हुन्थ्यो । सय वर्ष अघिदेखिको फ्लु हो यो । इन्फ्लुयन्जा र कोभिड फ्लु मा चाहीँ हामीले प्रायः ज्वरो पनि देख्छौँ । ज्वरो आयो भने पक्कै पनि मलाई फ्लु भयो भनेर बुझ्नु प¥यो । फ्लुमा पनि इन्फ्लुयन्जा हो कि, कोभिड १९ हो कि, कोभिड १९ को डेल्टा हो कि, ओमिक्रोन हो कि त्यो छुट्याउन लक्षणकै आधारमा चाहीँ अलिकति गाह्रो छ । तर हामीले बिरामीको प्याटर्न हेर्दाखेरी चाहीँ फ्लु भएकाहरुलाई, इन्फ्लुयन्जा भएकाहरुलाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडीको भाग दुख्ने, जिउ दुख्ने, झाडापखला लाग्ने, प्रायः बास्ना र स्वाद जाने त्यस्तो लक्षण चाहीँ कोभिडमा मात्रै देखिरहेको छ । बास्ना र स्वादपनि गएको हामीले यसपालि पाएका छौँ । र अहिले ओमिक्रोनको कुरा गर्दा त्यही लक्षणहरुमा प्लस, माइनस, तथा घाटी दुख्ने लक्षणहरु अलि बढी हामीले ओपिडिमा पाइरहेका छौँ । घाँटी एकदमै दुख्यो भनेर आउनुहुन्छ । टन्सिल नै भयो भनेर आउनुहुन्छ, तर हामीले हेर्दाखेरी यो पिक सिजन भइराखेको छ कोभिडको, हामीले बिरामीहरुलाई हेर्दाखेरी पिसिआर गर्दा पोजेटिभ आइराखेको छ । तर अब घाँटी दुख्दैमा, ज्वरो आउँदैमा, रुघामर्की लाग्दैमा यही ओमिक्रोन हो, यही डेल्टा हो, बास्ना र स्वाद छैन यो डेल्टा हो । बास्ना र स्वाद छ यो इन्फ्युयन्जा हो भनेर हामीले क्लिनिकली छुट्याउन सकिदैनँ । पिसिआर गर्नैपर्छ ।

मौसमी फ्लुलाई कसरी उपचार, हेरचाह, कस्तो खालको व्यवस्थापन गर्ने ? कस्तो अवस्थामा अस्पताल जाने ? घरमै बसेर उपचार गर्न सकिन्छ कि ?

मौसमी परिवर्तनले हुने कमन कोल्ड, जुनमा ज्वरो हुँदैन, त्यो सामान्य घरमा पाइने पारासिटामोल जस्ता औषधीहरु प्रयोग गरेर, पहिलेदेखि चलिआएका चलनहरु मन तातो पानि खाने, पानीको मात्रा शरिरमा बढाउने, आराम गर्ने, धपेडी नगर्ने, चिसोमा नहिड्ने त्यो चाहीँ मौसमी कमन कोल्डलाई त्यतिले नै पुग्छ । खासै डाक्टरकोमा गइहाल्नु पर्दैन कमन कोल्ड हुँदाखेरी ओपिडिमा धाउनु पर्दैन । जहाँ ज्वरो हुँदैन बिरामीलाई । जब ज्वरो आउन थाल्छ नि ज्वरो आएपछि यो फ्लुमा जान्छ । फ्लु भन्ने बित्तिकै मौसमी परिवर्तनले हुने कमन कोल्ड फरक कुरा हो । फ्लु भनेको भाइरसले गर्दा हुने हो । फ्लुमा चाहीँ ज्वरो पनि आउँछ । दुई, तिन दिन ज्वरो आउँछ । प्रायः हामीले प्याटर्न हेर्दाखेरी बिरामीलाई तिन दिनसम्म ज्वरो आएको । तिन दिन पछि ज्वरो आफैँ बिसेक हुँदै गएको अनि हल्का रुघाखोकीको समस्या, अलिकति जिउ दुख्ने हुन्छ । सामान्य पारासिटामोल आफैँले खाइराख्नुभएको छ बिरामीहरुले । अहिले जनचेतना धेरै जाग्या छ । कतिपयलाई तिन दिनभन्दा बढी ज्वरो आइराछ । ज्वरो १०२, १०३ भन्दा घटेको छैन, सिटामोलको प्रयोग गर्दाखेरी पनि ज्वरो घटेको छैन । जिउ दुखिराखेको छ । छाति भारी भइराखेको छ । खोकी बढिराखेको छ । पल्स अक्सिमिटरमा अक्सिजन चेक गर्नुहुन्छ, अक्सिजनको मात्रा ९४ भन्दा झर्न थालेको छ । बिरामीले खाना पटक्कै खानु भएको छैन । एकदमै विक हुनु भएको छ भने उहाँलाई तुरुन्तै ओपिडी ल्याएर डाक्टरसँग परामर्श लिन म आग्रह गर्छु ।

यस प्रकारको संक्रमणमा सामान्यतया सर्वसाधारणबाट हुने लापरबाही कस्तो हो ? त्यसलाई कसरी व्यवस्थापन गर्ने ?

दुइथरी पेसेन्टहरु (बिरामी) हुनुहुन्छ । एकथरी रुघा लाग्ने बित्तिकै आउनुहुन्छ जचाँउन । त्यसमा हामीले खासै गर्नुपर्ने केही हुँदैन । काउन्सिलिङ गर्दिन्छौँ । रेस्ट गर्नु भन्छौँ । रेष्टले नै निको हुन्छ आधि भन्दा बढी यो । फ्लु होस् अथवा मौसम परिवर्तनले हुने कमन कोल्ड होस्, इन्फ्लुएन्जा होस्, कोभिड होस् । रेस्ट मात्रै गरेपनि निको भइराखेको छ कत्तिलाई । कति चाहीँ कस्तो हुन्छ भने धेरै गाह्रो भइसक्दा पनि आउनु भएको छैन उहाँहरु अस्पताल । सास प्रश्वासमा समस्या भयो, बिरामीले खाना पटक्कै खानु भएको छैन । दिर्घ रोग लागेका बिरामीहरु हुनुहुन्छ । घरमा अक्सिजन नाप्दा अक्सिजनको मात्रा तलमाथि भएको छ भने अक्सिजनको सिलिण्डर छ घरमा भनेर नबस्नु । एकचोटी आउनुस् । डाक्टरले हेर्नुहुन्छ, छातिको एक्सरे गर्नुहुन्छ । निमोनिया भइसक्या छ कि छैन हामीले छुट्याउनुपर्ने हुन्छ । निमोनिया भएको बिरामीहरुलाई अस्पतालमै भर्ना गरेर उपचार गर्न म आग्रह गर्छु ।

सक्रमणमा हाम्रो अस्पतालहरुमा कस्तो किसिमको स्वास्थ्य उपचारको व्यवस्था छ ?

कोभिड आएदेखि हामीले पोजेटिभ बिरामीहरुलाई राख्ने एउटा अलग व्यवस्था गरेका छौँ । नेगेटिभ बिरामीलाई राख्ने अलग व्यवस्था छ । लक्षणहरु सबै मिल्छ कोभिडसँग तर आरटी पिसिआर गर्दा नेगेटिभ आयो भने उहाँहरुलाई अलग राख्ने व्यवस्था छ । सबै पोजेटिभ बिरामीहरुलाई भर्ना गर्ने हामीले गरेका छैनौँ । यदि माइल्ड छ सामान्य लक्षण छ भने काउन्सिलिङ गरेर, घरमा नै उपचार गरेर, डाक्टरले औषधीहरु दिएर घर पठाइराखेका छौँ । अक्सिजन पर्याप्त मात्रामा शरिरमा पुगेको छैन भन्नेजस्तो हामीलाई डाउट (शंका) लाग्ने बित्तिकै हामीले बिरामीलाई भर्ना गरेर दुई, चार दिन उहाँहरुलाई क्रिटिकल केयर तथा छाति विशेषज्ञ र फिजिसियन हामी तिन जनाको टिम मिलेर क्लोज अब्जरभेसनमा राखेर उपचार गरिराखेका छौँ । निको भएर गइराख्नु भएको छ । पहिला पहिलाको जस्तो महामारी जुन थियो त्यस्तो अवस्था आएको छैन । त्यही भएर कन्ट्रोल नै गर्न नसकिने, इर्मजेन्सीमा बेड नै नभएको । अक्सिजन नै नपुगेको यसपालि हामीले आजको दिनसम्म भेटेनौँ । त्यतिबेलाको भन्दा अहिलेको व्यवस्थापन त्यतिबेलाको जस्तो बेग आउँछ भनेर हामीले जुन तयारी ग¥यौँ मानसिक रुपमा, अस्पतालको व्यवस्थापनमा जुन हिसाबले तयारी भएर बस्यौ त्यो कारणले गर्दा यसपालि व्यवस्थापनमा त्यत्ति असहजता छैन ।

अन्त्यमा, विशेषज्ञको रुपमा सर्वसाधारणलाई स्वास्थ्यको सुरक्षाका लागि के–कस्तो सुझाव दिनुहुन्छ ?

सुझाव म के दिन चाहान्छु भने पहिले सुरुमा डेल्टा होस् या ओमिक्रोन होस् या कुनैपनि भेरियन्ट होस् हामीले पिसिआर गरेर छुट्याउन सक्दैनौँ । यो जनमानसमा गलत धारणा कि डाक्टरकहाँ गएपछि उहाँले ओमिक्रोन हो कि होइन छुट्याइदिन सक्नुहुन्छ भन्ने छ । हामीले पेसेन्टको लक्षण हेरेर तपाईहरुलाई भन्न सक्दैनौँ । अर्को एउटा के धारणा गलत छ भने त्यो सिटी भ्यालु देखाउन आउनुहुन्छ । पिसिआरको रिपोर्टमा जुन सिटी भ्यालु लेखेको हुन्छ, मेरो त मेरो कम छ उहाँको बढी छ मलाइ अलि गाह्रो हुने हो कि, हामीलाई त्यसको आधारमा बिरामीलाई गाह्रो हुन्छ, बिरामीलाई आइसियूमा भर्ना गरिन्छ कि बिरामीलाई माइल्ड हुन्छ भनेर छुट्याउन सक्ने त्यो क्यापेबिलिटी छैन । त्यसमा कन्फ्युजनमा नपर्नुस् । पिसिआर गरेर ओमिक्रोन हो कि होइन भनेर थाहा पाउन सकिदैन । ओमिक्रोनका लागि छुट्टै जिन सिक्वेन्सिङ भनेर हाम्रो प्रयोगशालाबाट बाहिर पठाउनुपर्ने हुन्छ त्यो सबै स्याम्पललाई हामी गर्दैनौँ । अनि थाहा भएर पनि कोभिडको उपचारमा केही परिवर्तन आएको छैन नि त । त्यो ओमिक्रोन होस् या डेल्टा होस् उपचार त्यही हो । रोगीहरुको प्याटर्न त्यही हो । कतिबेला निको हुन्छ, कतिबेला देखि सर्दैन भनेर हामी काउन्सिलिङ गर्दिन्छौँ आउनुहोला ओपिडिमा । अनि अर्को कुरा, हात धुने । स्यानिटाइजरहरु लगाउने, सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, अनावश्यक कामको लागि बाहिर नहिड्ने, यो कुरा हामीले भनिरहेका छौँ बारम्बार मानिसहरुलाई बानि बसोस् भनेर । ९० प्रतिशत बिरामीहरुको अहिले माइल्ड छ । पहिला पहिलाको वेभजस्तो आइसियु, बेडको अभाव, अक्सिजनको अभाव छैन । त्यसो भन्दैमा बेपर्वाह हुनु भएन । ओमिक्रोन हो केही हुँदैन भन्ने पनि आएको छ अहिले धारणा । ओमिक्रोन पनि जटिल रुपमा निमोनिया भएर बिरामीहरु नराम्रो अवस्थामा गएको पनि हामीले देख्या छौँ । त्यही भएर पहिलाजस्तै सतर्क भएर हात धुने, स्यानिटाइजर लगाउने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र अनावश्यक कामका लागि बाहिर भीडभाड नगर्ने ।