२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्री लक्षित महामन्त्री पौडेलको कटाक्षः सत्तामा पुगेपछि नेताहरूको व्यवहार फेरियो, बजेट चुहावटको छानबिनमा मौनता छायो ‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता अधिकारीलाई काठमाडौं ल्याइँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं। मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा (एमाले)  का नेता लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला प्रहरी कार्यालय मोरङलाई अधिकारीलाई काठमाडौं पठाइदिन भन्दै पत्राचार गरेको छ ।

आज बिहान निवाशबाटै समातिएका उनलाई अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका अधिकारीले मन्त्रालयसँग असम्बन्धित मान्छेहरु लिएर जापान पुगेका थिए ।

तत्कालीन मन्त्री अधिकारीसहित ४ जनालाई जापानको अध्यागमन विभागले नेपाल नै फिर्ता पठाइदिएपछि उनी विवादमा तानिएका थिए ।आरोपलगत्तै मन्त्री पदबाट राजीनामा दिएका उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको छ ।