५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता अधिकारीलाई काठमाडौं ल्याइँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं। मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा (एमाले)  का नेता लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला प्रहरी कार्यालय मोरङलाई अधिकारीलाई काठमाडौं पठाइदिन भन्दै पत्राचार गरेको छ ।

आज बिहान निवाशबाटै समातिएका उनलाई अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका अधिकारीले मन्त्रालयसँग असम्बन्धित मान्छेहरु लिएर जापान पुगेका थिए ।

तत्कालीन मन्त्री अधिकारीसहित ४ जनालाई जापानको अध्यागमन विभागले नेपाल नै फिर्ता पठाइदिएपछि उनी विवादमा तानिएका थिए ।आरोपलगत्तै मन्त्री पदबाट राजीनामा दिएका उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको छ ।