२२ भाद्र २०८३, सोमबार
,
Latest
धनुषामा २२५ पोका रगत सङ्कलन बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा राष्ट्रपति पौडेल कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ त्रिशूली–३ बीको सुरुङमा हराइरहेकाको खोजी गर्न माग गर्दै माइतीघरमा धर्ना तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोको बारमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु



अ+ अ-

एजेन्सी । मेक्सिकोको मध्य भागमा रहेको क्वेरेटारो सहरको एक बारमा शनिबार बन्दुकधारीले आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ।

क्वेरेटारोको सार्वजनिक सुरक्षा विभागका प्रमुख जुआन लुइस फेरुस्काका अनुसार आक्रमणकारीले शहरको लस क्यान्टारिटोस बारभित्र गोली चलाएका थिए ।

उहाँले सामाजिक सञ्जालमा आक्रमणस्थलको एक भिडियो पोष्ट गर्दै भन्नुभएको छ, “आपतकालिन सेवाहरू घटनास्थलमा पुगेका छन् र एउटा पिकअप ट्रकमा लामो हतियारले सुसज्जित कम्तीमा चार जना व्यक्ति आएको पुष्टि भएको छ ।

उहाँले भन्नुभयो, “आक्रमणबाट घटनास्थलमा १० जनाको मृत्यु भएको थियो भने कम्तीमा सात जना घाइते भएका थिए।”

फेरुस्काका अनुसार एक संदिग्धलाई नियन्त्रणमा लिइएको छ र आक्रमणमा प्रयोग गरिएको गाडी बेवारिसे अवस्थामा फेला परेको छ ।

क्वेरेटारोलाई बढ्दो हिंसा, यसको अधिकांश हिस्सा लागुऔषध तस्करी र गिरोहसँग जोडिएको मेक्सिकोको सुरक्षित शहरमध्ये एक मानिन्छ ।

मेक्सिकोमा सन् २००६ देखि अहिलेसम्म चार लाख ५० हजार मानिसको हत्या भएको छ ।