१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट रौतहटमा १२ जनाले ज्यान गुमाए



अ+ अ-

रौतहट । रौतहट जिल्लामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । चितवन मेडिकलमा उपचाररत चन्द्रपुर –१० बाल्चनपुर की ४३ वर्षीया महिलाको मृत्यु भएसंगै मृतकको संख्या १२ पुगेको हो । 

मृतक महिलाको शव नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा बिहिबार व्यवस्थापन गरिएको छ ।

मिर्गौला रोगबाट ग्रसित  महिलालाई उपचारका लागि कात्तिक ६ गते चितवन अस्पताल लगिएकामा स्वाब संकलनपछि  बुधबार दिउँसो मृत्यु भएको थियो । पिसिआर रिपोर्ट भने राति मात्र  आएको थियो ।