३१ जेष्ठ २०८३, आईतवार
,
Latest
विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाभाइरसः मेक्सिकोमा ९० हजार, अर्जेन्टिनामा ३० हजार बढीको मृत्यु



अ+ अ-

मेक्सिको सिटी ।  मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमितको ज्यान गएको छ । 

मन्त्रालयका प्रवक्ता लुइज अलोमियाले मेक्सिकोमा हालसम्म ९ लाख ६ हजार व्यक्ति संक्रमित भइसकेको बताउँदै यी संंक्रमितमध्ये ९० हजार ३०९ जनाको मृत्यु भएको जानकारी दिनुभयो । 
उहाँले पछिल्लो २४ घण्टामा ५ हजार ५९५ जना नयाँ संक्रमित थपिएको पनि बताउनुभयो । 

यसैबीच, दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार ७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३४५ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको थियो । 

मन्त्रालयका अनुसार अर्जेन्टिनामा हालसम्म ११ लाख ३० हजार ५३३ जना संक्रमित भएकामा ९ लाख ३१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । अर्जेन्टिनाको सबैभन्दा ठूलो शहर ब्यूनस आयर्समा मात्र ५ लाख ४० हजार व्यक्तिमा संक्रमण देखिएको छ । 

मन्त्रालयले कोरोनाभाइरसका कारण गम्भीर स्वास्थ्य अवस्था रहेका पाँच हजार व्यक्तिको हाल सघन उपचार कक्षमा राखेर उपचार भइरहेको जनाएको छ । अर्जेन्टिनामा गत मार्च ३ मा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । 

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ४ करोड ४३ लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने ११ लाख ७० हजारभन्दा बढीको ज्यान गइसकेको छ । 




भर्खरै