१४ श्रावण २०८३, बिहीबार
,
Latest
स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगो पार्टी पंक्तिलाई उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन



अ+ अ-

काठमाडौं । नेकपा एमाले सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।

बैठकले निर्वाचनको लागि सिफारिस भई आएका पार्टीका उम्मेदवारको नाम पनि अनुमोदन गरेको छ । ‘निर्णय भइआएका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने काम गरेको छ र सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनमा नेकपा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ’, बैठक पछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो ।

स्थानीय तह उपनिर्वाचनमा सत्ता सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुने ज्ञवालीले जानकारी दिनुभयो । निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा राजनीतिक दलहरूसँग सहकार्य हुनसक्ने उहाँले बताउनुभयो ।

बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिमा आएका नयाँ घटनाक्रम र त्यसले नेपालमा पार्ने अनुकूलता र चुनौतीका विषयमा पनि बैठकमा समीक्षा भएको उहाँले जानकारी दिनुभयो । बदलिँदो अन्तर्राष्ट्रिय घटनाक्रमलाई ध्यानमा राखी राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग सन्तुलित, असल र राष्ट्रिय हितको सम्बन्धलाई अघि बढाउन सरकारलाई बैठकले सुझाव दिएको ज्ञवालीले बताउनुभयो ।

बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा पनि गरेको उहाँले बताउनुभयो । सरकारको कामलाई अझ प्रभावकारी बनाउन बनेको दुई दलीय संयन्त्रको बारेमा पनि बैठकमा छलफल भएको छ । दुई दलको बिचमा निरन्तर संवाद र सहमतिका लागि सो कार्यदल बनेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कोशी प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारी माथि पार्टीको प्रदेश कमिटीले गरेको कारबाहीलाई बैठकले अनुमोदन गरेको छ । उहाँलाई पार्टी सदस्यता सहित सबै जिम्मेवारीबाट निलम्बन गरिएको छ । उहाँ माथि हुने छानबिनमा पार्टीले पूर्णपुरमा सहयोग गर्ने निर्णय पनि बैठकले गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

मङ्सिर ७ गते पार्टीका काठमाडौ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आयोजना गर्ने जागरण सभालाई प्रभाकारी बनाउने पनि बैठकले निर्णय गरेको छ । त्यसका लागि जनसंगठनहरुलाई परिचालित गर्ने बैठकले निर्णय गरेको छ ।